३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

भारतमा गर्भवती र बालबालिकासहित ७४ रोहिंग्या शरणार्थी पक्राउ

एजेन्सी

काठमाडौँ — भारतीय प्रहरीले उत्तर प्रदेशमा 'अवैध' रुपमा बसोबास गरेका ७४ जना रोहिंग्या शरणार्थीहरूलाई पक्राउ गरेको जनाएको छ ।

भारतमा गर्भवती र बालबालिकासहित ७४ रोहिंग्या शरणार्थी पक्राउ

पक्राउ पर्नेहरूमा ५५ जना पुरुष छन् भने १४ जना महिला छन् । साथै पाँच जना बालबालिका पनि पक्राउ परेका छन् । उनीहरू उत्तर प्रदेशका विभिन्न ६ वटा सहरमा बसोबास गर्दै आएका थिए । प्रहरीले उनीहरू अवैध रुपमा सीमा पार गरी आएका जनाएको छ ।

प्रहरीले एक जना गर्भवती महिलालाई पनि पक्राउ गरेको भारतीय सञ्चारमाध्यम स्क्रोल डट इनले जनाएको छ । अधिकारकर्मी समूहहरूका अनुसार म्यानमारको उत्पिडनबाट भागेर आएका उनीहरू १० वर्षदेखि यस क्षेत्रमा बसोबास गर्दै आएका थिए । साथै फोहोर संकलन लगायत शारीरिक श्रमका अनौपचारिक क्षेत्रमा काम गरी जीवीकोपार्जन गर्दै आएका थिए ।

तर उनीहरूले भारतको भूमिमा शरणको माग गरिरहेको अधिकारकर्मीहरूको भनाइ छ । अल्पसंख्यक रोहिंग्या समुदायका दसौं हजार मानिसहरूमाथि १० वर्षअघि म्यानमारको सेनाले हत्या, बलात्कार गर्दै दर्जनौं गाउँमा आगजनी गरेर लखेटेको थियो । त्यसबेला लाखौं रोहिंग्याहरू म्यानमारबाट भागेर शरण खोज्दै भारत, बंगलादेश र नेपालमा समेत पुगेका थिए ।

तिनै रोहिंग्याहरूलाई हाल संयुक्त राष्ट्रसंघले 'अर्बन रिफ्युजी' भन्ने गर्छ । यद्यपि उनीहरूको स्थायी बसोबासको लागि प्रयास गरिएको छैन । म्यानमारका केही सैनिक जनरलहरू भने अन्तर्राष्ट्रिय अदालतमा म्यानमारको नरसंहारकारी घटनाको मुद्दा खेपिरहेका छन् ।

१९५१ को संयुक्त राष्ट्रसंघीय शरणार्थी महासन्धिमा हस्ताक्षर नगर्ने देशको रुपमा भारतले उनीहरूलाई संरक्षण दिने कुनै कानुन ल्याएको छैन । तर अघिल्लो वर्षको तथ्यांक अनुसार भारतमा १८ हजार जति रोहिंग्या शरणार्थीहरू बसोबास गर्छन् । पछिल्लो समय रोहिंग्या शरणार्थी अभियन्ताहरूले पक्राउ परेका शरणार्थीहरूको रिहाइको माग गरिरहेका छन् ।

प्रकाशित : श्रावण ९, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?