२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

‘सी’ डिभिजन : तेस्रो चरणको समाप्तिमा पुल्चोक र आरसी–३२ अगाडि

काठमाडौँ — सहिद स्मारक लिग ‘सी’ डिभिजनको शुक्रबार तेस्रो चरणका खेल सकिएका छन् र अहिलेसम्म शीर्ष दुईमा रहेका पुल्चोक र आरसी–३२ ले आफ्नो शतप्रतिशत यात्रालाई कायम राखेका छन् । पुल्चोक नौ अंकसहित शीर्षमा रहेको छ भने समान नौ अंकमा आरसी–३२ दोस्रो स्थानमा छन् ।

‘सी’ डिभिजन : तेस्रो चरणको समाप्तिमा पुल्चोक र आरसी–३२ अगाडि

लिगमा शतप्रतिशत सुरुआत लिने र अपराजित यिनै दुई क्लब रहेका छन् । तेस्रो चरणको अन्तिम खेलमा मनोहराले गोलबजारलाई २–१ ले पराजित गर्‍यो । यस जितसँगै मनोहरा अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । उसको छ अंक भएको छ । मनोहराको यो लगातार दोस्रो जित हो ।

यसको ठीकविपरीत गोलबजार भने लगातार दोस्रो खेलमा पराजित रह्यो र एकै अंकमा सीमित रह्यो । गोलबजार पुछारबाट दोस्रोमा रहेर रेलिगेसन क्षेत्रमा रहेको छ । च्याम्पियन हुने टिमसँगै शीर्ष दुई स्थानमा रहने टिमले ‘बी’ डिभिजनमा बढुवा पाउने छ भने पुछारका दुई टिम रेलिगेसनमा परेर ‘सी’ को छनोटमा जानेछन् ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?