जताबाट जहाँ पुगे पनि पदै चाहिने भागबन्डा मिल्दा नैतिकता नचाहिने ढुकुटी मासी ढुक्कले मोटाइने कुर्सी नमिल्दा जे भन्न नि पाइने माछा देखे कुरमा हात
सर्प देखे बाहिर हात विपक्षमा हुँदा त्यो कुरा बेठीक सत्ता मिल्दा त्यही कुरा ठीक मुखमा रामराम बगलीमा छुरा कसरी पत्याउने जालीका कुरा बित्दै छ यसरी धेरै काल धरापमा पर्नेभो देशको हाल – कृष्ण कुम्पुरे, आदमटार, धादिङ