२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

उपप्रधानमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

'द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल'

काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री योको कामीकावाबीच आइतबार भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए । दक्षिण एसिया भ्रमणको दौरान श्रीलंकाबाट आइतबार बिहान काठमाडौं उत्रिएकी विदेशमन्त्री योको प्रतिनिधिमण्डलसहित सिंहदरबार पुगेकी हुन् ।

'भेटवार्तामा नेपाल र जापानको सम्बन्धको विविध पक्षलगायत विषयमा छलफल भयो । साथै, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषमा धारणाहरु एक–आपसमा सुन्न काम पनि भयो,’ साथै, श्रेष्ठले योकोलाई पेन्टिङ उपहार दिएका थिए ।


प्रकाशित : वैशाख २३, २०८१ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?