२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

उपेन्द्र यादवले सत्ता गठबन्धन ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौं : मन्त्री साह

काठमाडौँ — संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए ।

उपेन्द्र यादवले सत्ता गठबन्धन ढाल्न खोजेपछि हामीले नयाँ पार्टी बनायौं : मन्त्री साह

'अध्यक्ष यो सरकारको स्थायित्वको पक्षमा हुनुहुन्न । यसको विपरीतमा हुनुहुन्छ,' मन्त्री साहले ईकान्तिपुरसँग भने, 'त्यसैले सरकारको स्थायित्वका लागि हामीले यस्तो गरेका हौं, म आफैं मन्त्री छु सरकारलाई दिएको समर्थन जारी रहन्छ ।'

विभाजित दलमा रहेका सांसद प्रदीप यादवले पनि सरकारलाई दिएको आफूहरूको समर्थन जारी रहने बताए । 'सरकारलाई दिएको समर्थन जारी राख्छौ' सांसद यादवले भने ।

यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा विभाजित भएको हो ।

संघीय संसद्का ७ जना सांसद सहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए ।

विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद थिए । ७ सांसद विभाजित भएपछि जसपा नेपालको यादव पक्षमा ५ सांसद मात्र बाँकी छन् । राईको नेतृत्वमा गठित पार्टीको नाम 'जसपा' मात्र राखिएको छ ।

'पार्टीभित्र आफूखुसी गर्ने र आफ्ना सांसदको अपमान गर्ने काम भयो' प्रदीप यादवले इकान्तिपुरसँग भने,' त्यसैले हामीले नयाँ पार्टी दर्ता गर्ने निर्णय गर्‍यौैं'

प्रकाशित : वैशाख २३, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?