शाक्यद्वारा राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण

काठमाडौँ — मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मनोनित राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा शाक्यलाई राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण गराएका हुन् ।

शाक्यद्वारा राष्ट्रिय सभा सदस्यको पदको शपथ ग्रहण

शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख ६ मा राष्ट्रिय सभा सदस्य पदमा मनोनित गरेका थिए ।

शपथ ग्रहणपछि शाक्यले राष्ट्रिय सभाको गरिमालाई उचाईमा पुर्‍याउन भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिइन् । ‘अब मेरो भूमिका, खास काम गर्ने भनेको देश र जनताको लागि हो । त्यसैले मेरो भूमिका इमान्दारिताका साथ बफादार रहेर देश र जनताको लागि सम्पूर्ण काम समर्पित गर्न चाहन्छु,' उनले भनिन्, 'राष्ट्रिय सभाको गरिमालाई उचाईमा पुर्‍याउनका लागि जे जस्ता काम पनि मैले बफदार भएर इमान्दारिताका साथ काम गर्नेछु ।’

एमाले विदेश विभाग सदस्यसमेत रहेकी शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी थिइन् । त्यस्तै, उनी पूर्वराजदूत पनि हुन् ।

शाक्यलाई राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सांसद र संसद् सचिवालयका अधिकारीहरूले बधाई दिएका थिए ।

प्रकाशित : वैशाख १६, २०८१ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?