कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आन्दोलन गरेर आजको भोलि जहाज चल्न सक्दैन : मन्त्री  किराती

‘राज्यले विमानस्थल चलाउनका लागि नै बनाएको हो । हामी सबै मिलेर चलाउनुपर्नेछ । सामूहिक प्रयासबेगर हुँदैन ।’ 
सन्जु पौडेल

तिलोत्तमा — संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले व्यवसायीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् । शुक्रबार साँझ गौतमबुद्ध विमानस्थलमा सिद्धार्थ सञ्जाल, रुपन्देहीको समूहसँग कुराकानी गर्दै मन्त्री किरातीले आन्दोलन गरेर समस्या समाधान नहुने बताए ।

आन्दोलन गरेर आजको भोलि जहाज चल्न सक्दैन : मन्त्री  किराती

'देश अप्ठ्यारो अवस्थामा छ, तपाईंहरूको आवाज सुनेका छौं , तर आजको भोलि नै जहाज चल्न सक्दैन,' उनले भने, 'नेपाल वायु निगमसँग हुनुपर्ने जति विमान नहुदा पनि यो अवस्था आएको हो ।'

मन्त्री किरातीले लिजमा लिएर जहाज चलाउनका लागि प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्यान्डबाई राख्ने सोच बनाएका छौं ।' दिनको ४ वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले अनिवार्य एउटा उडान भैरहवाबाट गर्नुपर्ने निर्णय गर्ने उनले जनाए ।

जहाज किन्ने र लिजमा ल्याउने कोसिसमा आफू लागेको उनले बताए । हवाई रुटको सन्दर्भमा आफ्नोतर्फबाट कूटनीतिक पहल गरेको र प्रधानमन्त्रीले उच्चकोटीमा प्रस्ताव राखेर भारतका प्रधानमन्त्रीसँग कुरा गरेको उनले बताए । ‘राज्यले विमानस्थल चलाउनका लागि नै बनाएको हो । हामी सबै मिलेर चलाउनुपर्नेछ । सामूहिक प्रयासबेगर हुँदैन,’ मन्त्री किराँतीले भने ।

प्रकाशित : मंसिर २३, २०८० ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×