कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

सर्वसाधारणका लागि खोलिँदै तातोपानी नाका

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प र पराकम्पनको आठ वर्षपछि उत्तरी नाका तातोपानी सर्वसाधारणको आउजाउका लागि खोल्न नेपाल–चीनतर्फ आवश्यक भौतिक पूर्वाधार र अन्य पुनर्निर्माणको तयारी थालिएको छ । 

सर्वसाधारणका लागि खोलिँदै तातोपानी नाका

भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने चाइना बोर्डर तातोपानीबाट यसअघि यही गत वैशाख १८ गते निर्यात खुलाइएको थियो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको एघारौं बैठकले नाकालाई आगामी दुई महिनाभित्रै सर्वसाधारणका लागिसमेत खुलाउने आइतबार सहमति गरिएको छ ।

तिब्बतमा सम्पन्न छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीसहित अन्य तहका सात सदस्यीय वार्ता टोलीसहित चिनियाँ प्रतिनिधि बसेर सेप्टेम्बरभित्र मानिसका लागि खुला गर्ने निर्णय गरिएको थियो । ‘जिल्लातहमा औपचारिक रुपमा यो दिन यसरी तातोपानी नाका खोलिने भन्ने केही आएको छैन, यद्यपि माथिल्लो तहमा निर्णय भएकाले त्यहीअनुरुप आवश्यक तयारीमा जुट्दै छौं,’ प्रजिअ न्यौपानेले भने ।

यसअघि मितेरी पुल पारी चिनियाँ प्रशासनिक भवनमा बसेको सीमा सुरक्षाको बैठक र छलफलमा चीनले ‘क्रस बोर्डर क्राइम’ लाई मुख्य विषय बनाएर यही नाकालाई पूर्ण रुपमा खोल्न केही सकारात्मक सन्देश दिएका थिए । तर, नाका खुल्ने उज्यालो देखिए पनि आहिलेसम्म कुनै प्रकारको औपचारिक पत्र अथवा खबर चिनियाँ पक्षबाट पाइएको छैन । यसअघि तीन पटक नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक सम्पन्न भएको थियो । ‘मितेरी पुल र खासाकै भवनमा सीमा सुरक्षाको विषयमा ‘काउन्टर पार्ट मिटिङ’ बस्दा चिनियाँ पक्ष नाका खोल्न सकरात्मक देखिन्छन्, यद्यपि बोर्डरमा केही चलहपहल भने छैन । ’ न्यौपानेले भने ।

नेपालतर्फ सुनसान ,चीनमा धमाधम काम

चिनियाँ कम्पनीले बनाइदिएका अत्याधुनिक मितेरी पुल र तातोपानी सुक्खा बन्दरगाहबाहेक अन्य अध्यागमन, गेट, सुरक्षा पोस्टजस्ता महत्त्वपूर्ण सबै टहरा र जीर्ण भवनमा चलाइएका छन् । सीमा जोड्ने कोदारी राजमार्ग २६ किलोमिटर अझै क्षतिग्रस्त हुँदा कन्टेनरलाई धराप थापेझैँ अवस्था छ । त्यसैमाथि भूकम्पको ८ वर्षपछि खुलाइएको तातोपानी नाकामा अपेक्षित मालवाहक कन्टेनर आयात/निर्यात भित्रिन नसक्दा सीमाक्षेत्र सुनसान छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीका अनुसार वैशाखबाट आहिलेसम्म उल्लेख्य निर्यात हुन सकेको छैन । यसअघि ७ वटा कन्टेनरबाट ४० लाख बराबरको सामग्री मात्रै निर्यात भएका थिए ।

प्रकाशित : श्रावण १६, २०८० १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x