कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

टीसीएलको चाडपर्व योजना : घरायसी उपकरण किन्दा नगद छुट र उपहार

काठमाडौँ — दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै टीसीएलले ‘सेलेब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टीसीएल ब्राण्डका टीभी तथा अन्य घरायसी उपकरण खरिद गर्दा आकर्षक छुट र निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

टीसीएलको चाडपर्व योजना : घरायसी उपकरण किन्दा नगद छुट र उपहार

टीसीएलका टीभी खरिदमा ४४ हजार ७ सय रुपैयाँसम्म छुट, वासिङ मेसिन खरिदमा १४ हजार ४ सय रुपैयाासम्म छुट र ६ केजीको एरियल मेटिक पाउडर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । ‘यसका साथै टीसीएलका सम्पूर्ण क्याटगोरीका एयर कन्डिसनर खरिदमा ५६ हजार ८ सय रुपैयाँसम्म छुटका साथै ४ हजार बराबरको निःशुल्क एसी जडान सुविधा पाउन सक्नेछन्’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साइड बाइ साइड रेफ्रिजेरेटर खरिदमा ३१ हजार ८ सय रुपैयाँसम्म छुटका साथै इन्डक्सन चुलो उपहारस्वरुप प्रदान गरिने र निशुल्क डेलिभरी तथा जडान सुविधा प्रदान गरिने टीसीएलले जनाएको छ । टीसीएलको आधिकारिक विक्रेता सीजी ईओएल रहेको छ ।


प्रकाशित : भाद्र २९, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×