कम्बोडियाको एक हतियार भण्डारस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

काठमाडौँ — कमबोडियाको कम्पोङ स्पेउ प्रान्तको चबरमोर्न सहरको सैन्य क्षेत्र ३ को हतियार भण्डारणस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।

कम्बोडियाको एक हतियार भण्डारस्थलमा विस्फोट हुँदा २० सैनिकको मृत्यु

प्रधानमन्त्री हुन मानेटले शनिबार राति आफ्नो फेसबुक पेजमा लेख्दै काम्पोङ स्पेउ प्रान्तमा भएको विस्फोटमा २० सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै सैनिकहरू घाइते भएकोमा शोक व्यक्त गरेका छन्।

'मैले उपप्रधानमन्त्री तथा राष्ट्रिय रक्षा मन्त्री महामहिम जनरल टी सेहा र रोयल कम्बोडियन सशस्त्र बलका कमान्डर -इन-चीफ जनरल भोङ पिसेनलाई यस घटनामा मारिएका सैनिकहरूको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको छु। राष्ट्र र मातृभूमिको लागि उनीहरूले बलिदान दिएकाछन्' हुन मानेटले भनेकाछन् ।

स्थानीय खमेर टाइम्सकाअनुसार हुन मानेटले मृत्यु भएका सैनिकका परिवारलाई प्रतिपरिवार २० हजार डलर र घाइते भएका प्रत्येक सैनिकलाई २० लाख रियल आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

शनिबार दिउँसो २ः२५ बजे भएको विस्फोटमा कोह कङ प्रान्तका १५ अधिकारी र क्षेत्रीय सैन्य कमान्डका पाँच अधिकारीहरू समावेश छन्। चार भवनहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् । तीन गोदामहरूमा रहेको गोलाबारुद पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, र क्षेत्रीय सैन्य कमान्डको एउटा अपार्टमेन्ट भवन र एउटा कार्यालय भवन, ढोका, झ्याल र छानासहित र क्षेत्रीय सैन्य मुख्यालय वरपरका गाउँलेहरूका २५ घरहरु पनि क्षतिग्रस्त भएका छन् ।

प्रकाशित : वैशाख १६, २०८१ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?