आईपीएल : बेंगलुरुको सम्भावना कायम पञ्जाव बाहिरियो
धर्मशाला — विराट कोहलीको ९२ रनको मदतले रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई ६० रनले पराजित गरेको छ । यससँगै बेंगलुरुको झिनो प्ले–अफ सम्भावना कायम रह्यो । पञ्जाव भने प्रतियोगिताबाट बाहिरिएको छ ।
दुई पल्ट जीवन दान पाएका ३५ वर्षीय कोहलीले ५५ रन बनाएका रजत पाटिदार र ४६ रन बनाएका क्यामरुन ग्रिनसँग दुई महत्त्वपूर्ण साझेदारी गरे । यससँगै बेंगलुरुले सात विकेटमा २ सय ४१ रन बनाएको थियो ।
जवाफमा पञ्जावले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ८१ रन बनायो । यो नतिजापछि बेंगलुरुको १२ खेलबाट १० अंक भएको छ र सातौं स्थानमा रह्यो । पञ्जाव भने समान खेलबाट आठ अंकमा सीमित रहेर नवौं स्थानमा रह्यो ।
प्रकाशित : वैशाख २८, २०८१ ०६:३६प्रतिक्रिया