एस्टन भिल्लाविरुद्ध चेल्सीको बराबरी

काठमाडौँ — दुई गोलले पछाडि रहेको स्थितिमा चेल्सीले शनिबार इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–२ को बराबरीमा रोकेको छ । यो नतिजाले भिल्लाको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ ।

एस्टन भिल्लाविरुद्ध चेल्सीको बराबरी

भिल्लाको ६७ अंक छ र उसले ३५ खेल खेलिसकेको छ । उसको पछाडि टोटनहम छ र उसको ३२ खेलबाट ६० अंक छ । शनिबारका अन्य खेलमा न्युकासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई ५–१ ले हरायो । हारले पुछारमा रहेको सेफिल्ड रेलिगेसनमा पर्ने पक्का भएको छ ।

यस्तै उल्भ्सले लुटन टाउनलाई २–१ र एभरटनले ब्रेन्टफोर्डलाई १–० ले हरायो । वेस्ट ह्याम र लिभरपुलले २–२, फुलहम र क्रिस्टल प्यालेसले १–१ तथा म्यानचेस्टर युनाइटेड र बर्नलीले १–१ को बराबरी खेले ।

प्रकाशित : वैशाख १६, २०८१ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?