गोठाटारमा अन्सारीको हत्या गर्ने समूहका बब्लु पासवान वीरगञ्जमा पक्राउ

काठमाडौँ — काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको डेढ वर्ष अघि गोली हानी हत्या गर्ने समूहका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली प्रहार गरी आइतबार नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगञ्जमा प्रहरी चेकको क्रममा उनी पक्राउ परेको एसपी कुमुध ढुंगेलले जानकारी दिए ।तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक सर्लाहीका लाल मोहम्मद अन्सारीलाई २०७९ असोज २ मा पासवानको समूहले टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको थियो । हत्याका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको थियो । पासवान भारत रक्साैलका बासिन्दा हुन् ।

उनी बिगतमा लागूपदार्थ काराेबार मुद्दामा नेपालमा ५ वर्ष कैद बसेर छुटेका थिए ।

प्रकाशित : वैशाख १७, २०८१ ००:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?