३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान

सुरज कुँवर

काठमाडौँ — सोमबार साँझ ७ बजेपछि सिमरा हुँदै काठमाडौं पस्ने इन–रूट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीको गति बृद्धि भएपछि कम्तिमा ६ वटा आन्तरिक उडान अन्यत्रै विमानस्थलमा डाइभर्ट भएका छन् । 

हावाहुरीले काठमाडौंमा अवतरण हुन नसकेर डाइभर्ट भए ६ वटा आन्तरिक उडान

गौचरस्थित आन्तरिक टर्मिनल कार्यालयले कान्तिपुरलाई दिएको जानकारी अनुसार धनगढी र सुर्खेतबाट काठमाडौं आउँदै गरेका श्री एयरलायन्सका दुइटा जहाजमध्ये एउटा भैरहवा र अर्को विराटनगर विमानस्थल पुगेका थिए ।

त्यस्तै बुद्ध एयरको भद्रपुर, विराटनगर र भैरहवाबाट आउँदै गरेका तीनवटा जहाज काठमाडौंमा अवरण हुन नसकेर उतै फर्केका थिए ।

यति एयरलायन्सको पनि भैरहवाबाट आएको जहाज जनकपुर डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । डाइभर्ट भएका विमानहरु ८ बजेपछि मौसम अनुकुल हुँदै गएपछि फर्किने क्रम रहेको विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार हावाहुरीको गति प्रतिघन्टा २० नटीकलमाइल पुगेको थियो । यो जहाज अवतरणकाका लागि अनुकुल गति होइन । यसैबिच श्री एयरले विराटनगर, बुद्धले भैरहवा र विराटनगरको उडान रद्द गरेका छन् ।

काठमाडौंबाट सोमबार एकतर्फी १ सय ४९ वटा आन्तरिक उडानको तालिका थियो ।

प्रकाशित : वैशाख २४, २०८१ २२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?