१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

एन्ड्रोइड वान नेपालमा पनि

गुगलको सस्तो स्मार्टफोन अभियान

काठमाडौ — भारतमा सार्वजनिक गरेको तीम महिनापछि गुगलले एन्ड्रोइड वान फोनलाई नेपालसहित बंगलादेश र श्रीलंकामा सार्वजनिक गरेको छ । गुगलले आफ्नो एसिया प्यासिक ब्लगमा आज नेपाल, बंगलादेश र श्रीलंकामा एन्ड्रोइड वान सार्वजनिक गरेको घोषणा गरेको हो ।

एन्ड्रोइड वान नेपालमा पनि
भारतमा सार्वजनिक गरेको तीन महिनापछि गुगलले एन्ड्रोइड वान फोनलाई नेपालसहित बंगलादेश र श्रीलंकामा सार्वजनिक गरेको छ । गुगलले आफ्नो एसिया प्यासिक ब्लगमा आज नेपाल, बंगलादेश र श्रीलंकामा एन्ड्रोइड वान सार्वजनिक गरेको घोषणा गरेको हो ।
गुगलको घोषणासँगै नेपालमा केही दिनभित्र एन्ड्रोइड वानको बिक्री सुरु हुनेछ । गुगलले विकासाेन्मुख देशमा एन्ड्रोइड स्मार्टफोनको पहुँच पुर्‍याउने उद्देश्यसहित एन्ड्रोइड वान अभियान सुरु गरेको हो ।
जसमा गुगलले अन्य हार्डवेयर उत्पादकसँगको सहकार्यमा एन्ड्रोइड वान उत्पादन गर्छ । हाल भारतका तीन कम्पनी स्पाइस, माइक्रोम्याक्स र कार्बनले सेट उत्पादन गरिरहेका छन् । सबै कम्पनीले उत्पादन गर्ने सेटको स्वरुप र गुणस्तरमा भने समानता हुन्छ । यि सबै फोनमा गुगलको अपरेटिङ सिस्टम प्रयोग हुन्छ ।
सबै फोन ४ दशमलब ५ ईन्चको स्त्रिmन, दुई सीम क्षमता, एक जीबी र्‍याम, ५ मेगापिक्सेल रेअर क्यामेरा, वाईफाई, चार जीबी स्टोरेज र एसडीकार्डको सुविधा हुनेछ । यस्ता फोनमा पछिल्लो भर्सनको एन्ड्रोइड अपरेटिङ सिस्टम हुनेछ र नयाँ भर्सन आउनासाथ अपडेट गर्न सकिनेछ ।
यस्ता फोनको मूल्य एकसय डलर भन्दा कम छन् । गुगलले अर्को बर्षभित्र सबै विकासोन्मुख देशमा यो फोन पुर्‍याउने लक्ष्य राखेको छ ।



प्रकाशित : पुस ७, २०७१ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?