भारतको नयाँ नक्सा

नेविसंघले माइतीघरमा गर्‍यो विरोध प्रदर्शन [तस्बिरहरु]

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले माइतीघरमा भारत र चीनले नेपालको भूमि मिचेको विषयमा विरोध प्रदर्शन गरेको छ । नेविसंघका कार्यकर्ताहरुले 'ब्याक अफ इण्डीया र चाइना' लेखेको प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

नक्सा त प्रेसमा छापे भइहाल्यो, हामी भूमि फिर्ता लिन्छौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने बताएका छन् । भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् । 

भारतीय दूतावास अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप (तस्बिरहरु)

भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेविसंघका नेता कुन्दनराज काफ्लेका अनुसार नवराज त्रिपाठी लगायत केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सर्वदलीय बैठकमा नेताहरुको एकै स्वर– कालापानी हाम्रो हो, यसको समाधान वार्ताबाट गरिनुपर्छ 

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले सिमा विवादलाई सरकारले कूटनीतिक तवरबाट हल गर्न सुझाव दिएका छन् । 

नेपाली भू-भाग भारतले मिचेको विषयमा छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका हुन् । 

कालापानीबारे सत्ता–प्रतिपक्ष एकै ठाउँ

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुकेललाई समावेश गरेर नक्सा सार्वजनिक गरेकामा भारत सरकारसँग आपत्ति जनाएका छन् ।
ADVERTISEMENT

भारतीय सीमा सुरक्षा बलले लगाएको काँडेतारभित्र जंगे पिलर

भद्रपुरकी राधिका बाँस्तोला किनमेलका लागि सीमापारि विहारको गलगलिया बजार आउजाउ गरिरहन्छिन् । बाटोमास्तिर भारतीय अर्धसैनिक बल (एसएसबी) ले तारघेराभित्र राखेको जंगे खम्बा देख्दा उनको मन पोल्छ ।

कालापानी विवादमा कहाँ चुक्यो नेपाल ?

भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक पुनः आफ्नो भूभागमा पारेपछि नेपालमा यसबारे तीव्र आलोचना भएको छ । सरकारले नम्र भाखामा ‘भारतको एकतर्फी निर्णय मान्य नहुने’ भनिरहेका बेला विद्यार्थी संगठनहरूले सडक प्रदर्शन र भारतीय दूतावास घेराउको तयारी थालेका छन् ।

अतिक्रमणले सीमा–लम्बाइ अन्योलमा

नेपाल–भारतको सीमा कति लामो होला ? यसबारे दुवै मुलुकका दाबी छुट्टाछुट्टै छन् । केही ठाउँमा सीमा विवाद कायमै रहेका कारण हालसम्म यसको लम्बाइबारे साझा बुझाइ बन्न सकेको छैन । मुख्यतः दार्चुलास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा नवलपरासीको सुस्ता क्षेत्र भारतीय अतिक्रमणमा परेका कारण यस्तो हुन गएको हो ।

भारतले भन्यो- 'हाम्रो नक्सा सही छ'

आफूले जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालमा विरोध भइरहेको सन्दर्भमा भारतले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ । उक्त नक्साले ‘भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरेको’ र ‘नेपालसँगको सीमामा कुनै फेरबदल नगरिएको’ उसको दाबी छ ।

भारतले कालापानीवरै पनि मन्दिर बनाउन दिएन

भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र स्थानीय ब्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ । त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउन चाहे । त्यसको निर्माणमा पनि भारतीय सुरक्षाकर्मीले अवरोध खडा गरेका छन् । 

नयाँ नक्साबारे देउवाद्वारा भारतीय राजदूतसित आपत्ति प्रकट

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरिएकोमा भारतीय सरकारसमक्ष आपत्ति जनाएका छन् ।

कालापानी र लिपुलेक हाम्रै हो, भारतको नयाँ नक्सा हामीलाई मान्य छैन : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको कुरा नेपाललाई सह्य नहुने बताएका छन । लिपुलेक, कालापानी नेपालकै भएको उनले दाबी गरे ।

नेपालको सीमा चलाउने अधिकार कसैलाई छैनः पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सीमा विवाद समाधान गर्दै नेपालको अखण्डता र भौगोलिक सीमाको रक्षा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाली भूमि नमिचेको भारतको दाबी

भारतले आफ्नो नयाँ नक्सामा नेपालको सीमा नमिचेको दाबी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको बताउँदै उनले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरे ।  

कालापानी हाम्रै हो, २०१८ सालमा नेपालले जनगणाना गरेको प्रमाण छ : सञ्चारमन्त्री बाँस्कोटा

भारतले एकपक्षीय रुपमा जारी गरेको राजनीतिक नक्सालाई नेपाल सरकारले अस्वीकार गरिसकेको स्पष्ट पारेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नक्सासम्बन्धी समस्या कुटनीतिक र राजनीतिक तहबाट समाधान गर्ने बताए ।

कालापानी–लिपुलेक विवाद : राज्यव्यवस्थाले प्रधानमन्त्री बोलाउने

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले लिपुलेक र कालापानीलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जानकारी लिने भएको छ । 

भारतको नयाँ नक्सालाई लिएर तीव्र विरोध भएपछि नेपालको प्रस्टीकरण- 'कालापानी नेपालकै भूभाग हो'

भारतले हालै प्रकाशित आफ्नो नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक क्षेत्रलाई पुनः समावेश गरेकामा तीव्र विरोध भएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ती भूभाग नेपालकै भएको जनाएको छ । ‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाललाई भारतको नयाँ नक्सा अमान्य

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपाल सरकारले मान्य नहुने बताएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।

भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोधमा सत्तारुढ विद्यार्थी संगठन, भन्यो- ‘गो व्याक इन्डिया’

कालापानी/लिपुलेक लगायत नेपाली भूमि भारतीय नक्सामा राखिएको विरोधमा सत्तारुढ विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार राजधानीमा प्रदर्शशन गरेको छ ।

सांसदको सरकारलाई आग्रह : भारतले सार्वजनिक गरेको नक्साबारे तत्कालन कूटनीतिक पहल गर

भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपाली भू–भाग समेटिपछि सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले तत्काल कूटनीतिक पहल गर्दै नक्सा खारेज गर्न आग्रह गरका हुन् । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कालापानी ‘नयाँ विवाद होइन’

कालापानी नेपालकै भूभाग भएकाले भारतसँगको त्यससम्बन्धी विवाद नयाँ नरहेको नेपाली अधिकारीहरूले बताएका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतको ‘नयाँ नक्सामा पुरानै दाबी दोहोर्‍याइएको र यो भूभाग नेपालकै भएको’ बताए । ‘यो नयाँ विवाद होइन । यसमा दाबी मात्र होइन कि नेपालकै जग्गा हो । तर, भारतले पनि दाबी गरिरहेको हुँदा विवाद उब्जिएको हो,’ उनले भने, ‘यसलाई कुराकानीबाट टुंगाउनुपर्छ । 

भारतको नयाँ नक्सा, पाकिस्तानको विरोध

भारतको उत्तरी राज्य जम्मुकश्मीर औपचारिक रूपमा दुइटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गरेको छ ।