त्रिविको रातो पिर्का

त्रिभुवन विश्वविद्यालयले तीन बीस वर्षा पार गरेको दिन कीर्तिपुरको वर्षे हिलामा रातो कार्पेट बिछ्याएर कुलपति तथा प्रधानमन्त्रीलाई स्वागत गर्‍यो । राजनीतिक नेतृत्वलाई विश्वविद्यालयको मैदानमा पिर्कामाथि उभ्याएर प्राज्ञिकहरूले सलाम टक्र्याएजस्तो भान भयो । विश्वविद्यालयबारे हाम्रो बेथितिपूर्ण मानसिकताको एक अर्को नमुना फेरि उजागर भयो । 

त्रिवि उपकुलपति खनियाँ भन्छन्, ‘कार्पेट ओछ्याइएको छैन’, कार्यक्रम व्यवस्थापक भन्छन्, ‘झुत्रा कार्पेट ओच्छ्याइएकै हो’

त्रिविको ६० औं वार्षिकोत्सव तथा उपकुलपति भवन उद्‌घाटन क्रममा हिलोमाथि कार्पेट ओच्छ्याइएको विषय आलोचित सँगै विवादित बनेको छ । त्रिविले आयोजना गरेको कार्यक्रममा कार्पेट नभई प्लाइउड ओच्छ्याइको भन्दै उपकुलपति तीर्थ खनियाँले बचाउ गरेका छन् ।

हिलोमाथिको 'रेड कार्पेट' मा प्रधानमन्त्री

बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह-कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे । हिजोदेखि परेको पानीले उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्य थियो । त्यही हिलो माथि रातो कार्पेट ओच्छ्याइएको थियो । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगे ।