कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

नेदरल्यान्ड्सले समात्यो लय

एपी

म्युनिख — सायद नेदरल्यान्ड्सले साँच्चै ठीक समयमा लय समातेको छ । त्यसैले त डच टिम १६ वर्षयता पहिलो पटक युरोको क्वाटरफाइनल पुगेको छ । यसका लागि टोलीले मंगलबार रोमानियामाथि सजिलो ३–० जित रच्यो ।

नेदरल्यान्ड्सले समात्यो लय

युरो २०२४ मा नेदरल्यान्ड्सको चार खेलमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन रह्यो । कोडी गाक्पोले २० औं मिनेटमा गोलको खाता खोलेपछि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डोनेल मालेनले खेलेको अन्त्यतिर दुई गोल थपे ।

नेदरल्यान्ड्स अन्तिम पटक सन् २००८ को युरोमा अन्तिम आठसम्म पुगेको थियो । आफ्नो टिमको यो प्रदर्शनमा प्रशिक्षक रोनाल्ड कोमन दंग देखिए । उनले भने, ‘यो प्रदर्शन वास्तवमै अब्बल रह्यो । प्रतियोगितामा हाम्रो यात्रा कायम राख्ने भने यस्तै प्रदर्शन आवश्यक हुनेछ । खासमा चाहिने भनेकै यस्तै प्रदर्शन हो । योभन्दा अलिकति पनि कमजोर प्रदर्शनको अर्थ हुन्छ, फाइनल पुग्न नसक्नु ।’

खेल सुरु भएलगत्तै नेदरल्यान्ड्सले एकपछि अर्को आक्रमण बुनेको थियो, तर गोल भने भएको थिएन । कप्तान भर्जिल भान डाइकले हेडबाट निकालेको प्रहार पोस्टमा लागेको थियो । तर, समग्रमा टिमको प्रदर्शन सुधारिएको हो । यसले सम्भवतः लिग चरणमा अस्ट्रियाविरुद्ध ३–२ को हार बिर्साउने छ । तर संयोग कस्तो भने अन्तिम आठमा नेदरल्यान्ड्सको भेट त्यही टर्कीविरुद्ध हुनेछ, जसले अस्ट्रियालाई हराएको छ ।

अस्ट्रियाविरुद्धको त्यही खेललाई बेमज्जासँग सम्झिँदै प्रशिक्षक कोमनले थपे, ‘कहिलेकाहीं कोही कसैले किन खराब खेल्छ, त्यसको उत्तर नै हुन्न । यो खेलमै पनि सुरुआत सहज रहेन, मौका खेरमात्र गयो । रोमानिया आक्रामक भएर प्रस्तुत भएको थियो । तर, बलमाथि हाम्रो नियन्त्रण बढी रह्यो । खेलले अन्ततः रंग देखायो । हामीले जति पनि गोल गर्न सक्यौं, त्यसका लागि सिर्जना गरेका मौका दामी थिए । पहिलोपछि दोस्रो गोल निकाल्न समय भने लाग्यो । एउटै टिमले एकपल्ट किन खराब खेल्छ र फेरि लगत्तै राम्रो खेल्छ यसको व्याख्या कसैले पनि गर्न सक्दैन ।’

प्रकाशित : असार २०, २०८१ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×