कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

युक्रेनविरुद्ध उत्साहित स्लोभाकिया

एपी

डुसेलडोर्फ — शीर्ष वरीयताका टिममध्ये एक रहेको बेल्जियममाथि स्तब्धपूर्ण जित निकालेर उत्साहित स्लोभाकियाले शुक्रबार युरो समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा युक्रेनको सामना गर्दै छ । यो समूहमा स्लोभाकिया दोस्रो समूहमा छ । गोल अन्तरले रोमानिया उसको अगाडि रहेको हो । युक्रेन झने अन्तिम स्थानमा छ ।

युक्रेनविरुद्ध उत्साहित स्लोभाकिया

यही युक्रेनविरुद्ध जित निकाल्ने हो भने स्लोभाकिया नकआउट चरण पुग्ने अर्को टिम हुन सक्नेछ । युक्रेन भने रोमानियाको हातबाट ३–० को हार बेहोर्दै स्तब्ध भएको थियो । उक्त खेलमा टोलीका रियल म्याड्रिड गोलरक्षक आन्द्रेयी लुनिनले केही महँगा भुल गरे । त्यसको अर्थ के भने अब पराजित हुने हो भने युक्रेन प्रतियोगिताबाट बाहिरिन सक्नेछ ।

युक्रेन त्यही टिम हो, जसले सन् २०२१ को युरोमा क्वाटरफाइनलसम्म यात्रा तय गरेको थियो । युक्रेनलेरुसी आक्रमणपछि पहिलो पटक ठूलो प्रतियोतिगा खेलिरहेको छ र यही युरोको माध्यमबाट टोलीले सुखद सन्देश दिन चाहन्छ । त्यसैले युक्रेनले रोमानियाविरुद्धको खेल गुमाएपछि आफ्ना समर्थकसँग माफी मागेको थियो ।

युक्रेनविरुद्धको खेलमा पनि सकारात्मक नतिजा आउनेमा स्लोभाकियाली प्रशिक्षक फ्रान्सिस्को कालाजोन उत्साहित देखिन्छन् । उनी भन्छन्, ‘बेल्जियमविरुद्ध हाम्रा खेलाडीले सक्दो खेले । त्यसैले हामीले धेरै बलियो टिमविरुद्ध जित निकाल्न सफल रह्यौं । हामीले आफ्नो काम जारी राख्नुपर्नेछ र सपना पूरा गर्नतर्फ अग्रसर हुनुपर्छ । हामी के मान्छौं भनेर युक्रेन बलियो विपक्षी टिम नै हो ।’

अर्कोतर्फ युक्रेनी प्रशिक्षक सेर्हिय रेब्रोभ स्लोभाकियाविरुद्धको खेलका लागि आफ्नो टिम तयार भएको मान्छन् । उनी भन्छन्, ‘रोमानियाविरुद्धको प्रदर्शन खराब रह्यो, हामीले अवसर नै सिर्जना गर्न सकेनौं । त्यो हारको नतिजा हामीले अपेक्षा नै गरेका थिएनौं । त्यसैले अब स्लोभाकियाविरुद्धको खेलमा लागि सबै प्रकारको सम्भावना बोकेर तयार हुनुपर्छ ।’

प्रकाशित : असार ७, २०८१ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×