कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

खेलाडीलाई सहयोग प्रदान

काठमाडौँ — राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचारका लागि दुई खेलाडीलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

टेबलटेनिसका पूर्व राष्ट्रिय खेलाडी सन्ध्या शाक्य र पूर्व उसु खेलाडी मोहन पाण्डेलाई१–१ लाख रुपैयाँ सहयोग प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जनाएका छन् ।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । पाण्डेको सहयोग रकम भने उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामामार्फत हस्तान्तरण गर्ने गरी लामालाई प्रदान गरिएको थियो । सन्ध्याले क्यान्सर तथा पाण्डेले कलेजो र किड्नीको उपचार गराइरहेका छन् ।

प्रकाशित : माघ १३, २०८० ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×