कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गुलरियाका बाढी प्रभावित ३१ परिवारलाई पक्की घर

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिकाका प्रमुख मुक्तनाथ यादवले बाढी प्रभावित ३१ घर परिवारका लागि निर्माण गरेको पक्की घर हस्तान्तरण गरेका छन् । गुलरिया–८ स्थित सर्यु टपर गाउँका बाढी प्रभावितका लागि घर निर्माण गरिएको छ ।

गुलरियाका बाढी प्रभावित ३१ परिवारलाई पक्की घर

नगरपालिकाले प्रति घर ३ लाख, कारीतास नेपालले १ लाख २० हजार र लाभग्राहीले १ लाख ५४ हजार लगानी गरेको कारीतास नेपालका कार्यक्रम संयोजक नरेन्द्र केसीले बताए ।

०७१ र ०७४ सालमा आएको बाढीले प्रभावित बासिन्दालाई उक्त घर हस्तान्तरण गरिएको उनले बताए । भान्सा घर सहित तीन वटा घर रहेको छ ।

सो अवसरमा नगरप्रमुख यादवले बाढी प्रभावित घरपरिवारलाई विपत्तिबाट मुक्त भई सम्मानजनक जीवनयापन गर्न सहयोग पुगेको बताए ।

प्रकाशित : माघ १७, २०८० १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×