१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६९

चार रातेमा थरिथरिका चौँरी [तस्बिरहरु]

लक्ष्मी गौतम

पाँचथर — फालेलुङ गाउँपालिका-४ चार रातेमा शनिवार थरिथरिका चौँरी देखिए । गाउँपालिकाले गरेको सातौँ अन्तर्राष्ट्रिय चौँरी महोत्सवमा प्रदर्शनका लागि ल्याइएका चौँरीले समुद्री सतहदेखि ३ हजार ४ सय ५० मिटरको उचाइमा अवस्थित चार रातेको चौर भरिएको थियो ।महोत्सवमा यहाँका ३२ गोठबाट भेला पारेर ल्याइएका चौँरी र चौरीको दुधबाट निर्मित वस्तुहरुको प्रदर्शनी भयो ।

यहाँका स्टलहरुमा चौँरीको पुच्छर र भेडाको उनबाट निर्मित वस्तुहरु पनि राखिएको थियो । फालेलुङमा २०७४ सालदेखि निरन्तर चौँरी पर्यटन महोत्सव हुँदै आएको छ । त्यसैको निरन्तरता स्वरुप यो वर्ष त्रि–दिवसीय महोत्सव आयोजना गरिएको हो ।चैत ३० गते शुक्रबार सुरु भएको महोत्सव वैशाख आइतबार सम्पन हुनेछ । महोत्सवमा विभिन्न प्रजातिका ६ सय चौँरी प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए ।फालेलुङ गाउँपालिका मुख्य प्रवर्द्धक रहेको महोत्सव गर्न संघीय सरकार मातहतको पर्यटन बोर्ड र कोशी प्रदेश सरकार मातहतको वन तथा वातावरण मन्त्रालय लगायतले आर्थिक सहयोग गरेका छन् । महोत्सवमा नेपाल,  भारत, भुटान, चीन र सिक्किमसहित नेपालका विभिन्न स्थानबाट दुई हजार भन्दा धेरै आन्तरिक र बाहृय पर्यटकको उपस्थिति थियो । महोत्सव दीप्ज्योति युवा क्लव फालेलुङ, कञ्चनजंघा पर्या पर्यटन संस्था र कञ्चनजंघा चौँरीपालन संरक्षण संस्थाले गरेका हुन् । 


प्रकाशित : वैशाख १, २०८१ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्