कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

महोत्तरीको गौशालामा चैते दसैंको कलश यात्रा [तस्बिरहरू]

सन्तोष सिंह

धनुषा — महोतरीको गौशाला स्थित कान्तिबजारमा चैते दसैको पहिलो दिन कलश यात्रा निकालिएको छ । कान्तिबजारमा रहेको दुर्गा मन्दिरमा चैत शुक्ल अष्टमीमा मनाइने चैते दसैंको कलश यात्रा निकालिएको हो ।कान्तिबजारमा दुर्गा मन्दिर निर्माण भएपछि यहाँ वर्षेनि चैते दसैं भव्यताका साथ मनाइदै आएको छ । कलश यात्रामा सभाागीहरुलाई स्थानीयहरुले जुस, पानी, सर्वत र अबिरले स्वागत गरेका थिए । असोजमा मनाईंने दसैलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैलाई चैते दसै भनिन्छ । चैते दसैं पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तसती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ ।


प्रकाशित : चैत्र २७, २०८० १५:५२
प्रतिक्रिया
पठाउनुहोस्