१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

सिंहदरबार गेटमा आरती साहकी आमालाई लछारपछार [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — न्याय माग्दै सिंहदरबारमा सरकारको ध्यानाकर्षण गराउन गएका आरती साहकी आमा निर्मला साह र भाइ प्रेम साहलाई प्रहरीले पक्राउ गरेको छ । छोरी आरतीको हत्या भएको र प्रहरीकै सहयोगमा दोषीहरू उम्काउने काम भएको भन्दै निर्मला सोमबार दिउँसो सिंहदरबार गेटमा पुगेकी थिइन् । प्रहरीले उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाएको थियो । लगत्तै उनीहरूलाई प्रहरीले भ्यानमा राखेर लग्यो ।

जनकपुरकी आरती साहको मृत्यु प्रकरणमा प्रहरीको कमजोरीका कारण आफूहरुले न्याय नपाएको भन्दै आरतीका आमाबुवासहित उनका परिवार २३५ दिनदेखि धर्नामा बसिरहेका छन् । यसअघि माइतीघरमा धर्ना बसिरहेका उनीहरुलाई सरकारले निषेधाज्ञा घोषणा गरेर हटाएयता उनीहरुले शान्तिवाटिकामा बसेर धर्ना दिइरहेका छन् ।

जनकपुर उपमहानगरपालिका-९, थापा चोककी २३ वर्षीया आरतीको जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । माइती पक्षले उनको मृत्यु नभई हत्या भएको दाबी गर्दै आएको छ । प्रहरीले भने घटनालाई आत्महत्याका रूपमा मुद्दा दर्ता गरेर टुंग्याउन चाहेको थियो । आरतीको पोस्टमार्टम गर्ने कार्यमा संलग्न चिकित्स डा. अवधेशकान्त झा, डा. दिग्विजय ठाकुर र डा. दिपेन्द्रकुमार सिंहले लापर्वाही गरेको र तत्कालीन प्रहरी अधिकारीहरुले समेत कमजोरी गरेका कारण आफूहरूले न्याय नपाएको भन्दै उनीहरू निरन्तर धर्नामा छन् ।


प्रकाशित : माघ २२, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्