सेतो मच्छिन्द्रनाथको स्नान [तस्बिरहरु]

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथ मूर्तिको स्नान बिहीबार सम्पन्न भएको छ । मच्छिन्द्रनाथको मूल देवतालाई मन्दिरबाट बाहिर निकालेर डबलीमा राखिन्छ र मन्दिरका मूल पुजारीले विध्नबाधा नहोस् भनी धार्मिक विधिपूर्वक पूजापाठ गरेपछि मूर्तिलाई लगाइ दिएका कपडा फुकालिन्छ । त्यसपछि शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराउने परम्परा छ ।

मच्छिन्द्रनाथको स्नानको क्रममा जीवित देवी कुमारीलाई बाजागाजा साथ वसन्तपुरको कुमारी घरबाट जनबहालमा ल्याएर दर्शन गराउने चलन छ । स्नानपछि पुजारीले जीवित देवी कुमारीलाई प्रसाद ग्रहण गर्ने चलन छ ।

मच्छिन्द्रनाथ मूर्तिको स्नानले देशमा अनिष्ठ नहुने, सुख समृद्धि हुने धार्मिक विश्वास छ । सेतो मच्छिन्द्रनाथलाई बौद्ध धर्मावलम्बीहरू आर्यावलोकितेश्वर करुणामय र हिन्दुहरू हरिहरका रूपमा, वैष्णवले नारायणका रूपमा पुज्ने गर्दछन् ।


प्रकाशित : माघ ४, २०८० २१:४७
प्रतिक्रिया
पठाउनुहोस्