२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

उभौलीको उमंग

शब्द/तस्बिर : केशव थापा

काठमाडौँ — किरात समुदायका युवायुवतीदेखि वयष्कहरूले साकेला नाचेर धुमधामसाथ उभौली पर्व मनाएका छन् । शनिबार काठमाडौंको टुँडिखेलमा भेला भएर उनीहरूले आपसमा खुसी बाँडेका हुन् ।

प्रत्यक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले उभौली पर्व मनाउने गर्छन् । यस वर्ष गत वैशाख २२ गते उभौली परेको थियो । किराँत समुदायको यो महत्त्वपूर्ण पर्वका अवसरमा पितृ पूजा तथा प्रकृतिलाई सम्झेर बालीनाली राम्रो होस्, सबैमा सुख शान्ति, सुस्वास्थ्य रहोस् र विपद्‍ नआओस् भनेर पूजा पनि गरिन्छ ।

यस अवसरमा साकेला शिली नाच्दै एक महिनासम्म मनाउने गरिन्छ । हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर सकेला नाच्ने गरिन्छ ।


प्रकाशित : वैशाख ३०, २०८० १७:५०
प्रतिक्रिया
पठाउनुहोस्