२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल [तस्बिरहरु]

शब्द, तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

ललितपुर — केपी ओली कपको प्रर्वद्धन गर्ने उद्देश्यले बुधबार नेता र कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा पूर्वमुख्यमन्त्रीदेखि लोकप्रिय कलाकारसमेत मैदानमा उत्रिएका थिए । नेताको टिममा नेकपा एमालेका महासचिव पूर्वमुख्यमन्त्री शंखर पोखरेल, नेता महेश बस्नेत, किरण पौडेललगायत थिए ।

कलाकारको टोलीमा धिरेन शाक्य, जीतु नेपाल, आकाश श्रेष्ठ, सागर लम्साल, कुमार कट्टेल, बद्री पंगेनी, शंकर बीसीलगायत थिए । केपी ओली कप यही फागुन ११ गतेदेखि सुरु हुँदैछ ।

प्रकाशित : फाल्गुन ३, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्