लडेर तीनै सन्तान अपांग
काठमाडौं — संयोग पनि कस्तो ! गोरखा बुङकोटका रमेश श्रेष्ठका तीन दाजुभाइ छुट्टाछुट्टै समयमा घरछेउकै पाखामा लडेर अपांग भएका छन् । तीनै दाजुभाइका सानै उमेरमा विद्यालय जाँदै गर्दा लडे ।
अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा छन् । रमेश ७, रवीन ६ र राजकुमार ४ वर्षको हुँदादेखि अपांग भएका हुन् ।
चिकित्सकले उपचार गरे निको हुन्छ भनेका छन् । 'पैसा छैन', आमा राममायाले सुनाइन्, 'श्रीमान् आँखा देख्नुहुन्न, बिहान/बेलुका के खाने चिन्ता छ कसरी उपचार गर्नु ।'
जेठा रमेश २६ वर्ष, माइला रवीन २१ र कान्छा राजकुमार १७ वर्षका भए । उनीहरूले पढाइ पूरा गर्न सकेनन् । राजकुमारलाई खाना खुवाउन र शौचालय जानसमेत अरूको सहायता चाहिन्छ । उपचारका लागि नर्भिक अस्पताल जाँदा चिकित्सक शुल्क पाँच सय रुपैयाँ तिर्न नसकेको उनीहरूले सुनाए ।
उनीहरू अहिले कीर्तिपुरमा गाउँकै रञ्जना विकको कोठामा बस्दै आएका छन् । राम्ररी आँखा नदेख्ने कक्षा ११ अध्ययनरत उनी अगरबत्ती बेचेर पढाइ खर्च जुटाउँछन् ।
उपचार गर्दा पुख्यौली सम्पत्ति नै सकिएपछि बाबुले वास्ता गर्न छाडेको रमेशले बताए । 'बुबाले वास्ता गर्न छाडेपछि दाताको खोजी गर्दै हामी काठमाडौंमा बस्दै आएका छौं,' उनले भने, 'धेरै ठाउँमा समस्या बताए पनि कतैबाट सहयोग पाएनौं ।'
दुवै आँखा नदेख्ने उनका ६५ वर्षीय बुवा प्रेम गाउँमै छन् । छोराहरूको उपचार गर्न राजधानी आएकी आमा राममाया पनि एउटा आँखा देख्दिनन् । खर्च जुटाउन सकिन्छ कि भन्दै छोराहरूलाई ह्वील चियरमा राखेर दिनभरि विभिन्न ठाउँमा पुग्छिन् । 'सानो छोराको ह्वील चियर बिग्रेको चार महिना भयो बनाउने पैसा छैन,' उनले भनिन् ।
प्रकाशित : पुस १६, २०६८ ००:३१

प्रतिक्रिया