कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पग्लिँदै छ हिमनदी

जोनाथन अमोस

लन्डन (बीबीसी) — विश्वकै छैटौं अग्लो चोयु हिमालबाट बग्ने गोजुम्पा टाढाबाट हेर्दा त्यति ठूलो हिमनदी होइन । आसपासका चट्टानबाट खसेको यो नदी धमिलो र फोहोर देखिन्छ । तर यसले धेरै वैज्ञानिकको ध्यान खिचेको छ ।


पछिल्लो दशकमा नेपालका हिमालहरू विश्वव्यापी औसत तापक्रम बढी गर्मीले तातेका छन् । यो क्षेत्रका हिमनदी खुम्चिँदै र पातलिँदै गएका छन् । हिउँ पग्लिएर पानी बनिरहेको छ । गोजुम्पाको केही पानीले तलाउ बन्दै चुहिंदै गरेको छ । हिमालदेखि करिब २५ किलोमिटर टाढा चट्टानका थुप्रो पछाडि ठूलो ताल बढ्दै गएको छ । हिउँ पग्लेर बनेको यो तालको लम्बाइ ७ किलोमिटर, चौडाइ १ किलोमिटर चौडा र गहिराइ १ सय मिटर पुग्ने अनुमान छ ।
अन्तमा पानीको मात्रा बढेपछि हिउँका बाँधहरू भत्किने र उपत्यका नै पुरिएर परिएर पनि बाटोमा पर्ने शेर्पा बस्तीहरू भत्काउन सक्नेछ । तत्कालको खतरा नभए पनि यो स्थिति अनुगमन गरिरहन आवश्यक रहेको वैज्ञानिकहरू बताउँछ । यसको अनुसन्धान गरिरहेका मध्ये हुन्, अमेरिकाको कोलोराडो विश्वविद्यालय कोअपरेटिभ इन्स्टिच्युट अफ रिसर्च इन इन्भाइरोन्मेन्टल साइन्सेजका उल्याना होरोडिस्की । उनले हिमनदी, त्यसमा बनेको तलाउन अनुगमन गर्न टाढाबाट क्यामेरा जडान गरिरहेकी छन् । हिउँ पग्लेर बनेका तलाउहरू केही साना त केही फुटबल चौरजस्ता ठूला छन् । क्यामेरामा कैद भएका तस्बिरहरूको अध्ययनबाट उनी तीब्र रुपमा बढ्दै र सुख्खा हुने तालमा चलायमान पानीको प्रकृति हेर्न सफल भइसकेकी छन् ।
पानीको मात्रा असाधारण हुन सक्नेछ । एउटा हिमतालमा दुई दिनभित्र १ लाख क्युबिक मिटर पानी घटेको र पछि ५ दिनभित्रै हिउँ पग्लिएर ती तालमा आधा पानी फेरि भरिने गरेको देखियो । 'एक सातामै ताल भरिए जस्तो देखिन्छ, केही परिवर्तन भएजस्तो लाग्दैन्,' होरोडिस्कीले भनिन्, 'तर समय बित्दै जाँदा क्यामेरामा कैद गरिएका तस्बिरहरूले हिमनदी पग्लिएर ४० वटा ओलम्पिक पौडी पोखरीहरू बनेको देखिएको थियो ।'
उनको अनुसन्धान टोलीले गोजुम्पा हिमनदी कसरी पग्लिँदै गएको छ भन्ने बुझाउन खोजेको छ । चट्टानमा देखिका हिउँहरू अरूजस्तै तरिकाले पग्लिँदैनन् । कुँडाकर्कट र गहिराइ रहेका हिउँ सौर्य विकिरणबाट जोगिन्छ । चट्टान र कुँडाकर्कट हटाउने हो भने हिउँ छिटो पग्लिनेछ । 'चलायमान ताल वरपरका हिउँ छिटो पग्लिंदै छन्' होरोडिस्की भन्छिन्, 'कुँडाकर्कट भएको ठाउँमा दैनिक २ सेन्टिमिटर र ताल वरपर ४ सेन्टिमिटर पग्लिने गरेको छ । ताल सुक्दै गएपछि भत्किएको हिउँका पर्खाल देखिन्छन् ।'
गोजुम्पाका धेरै तालहरू प्रत्यक्ष रूपमा आपसमा जोडिएको होरोडिस्कीको अनुमान छ किनभने एउटा सुके अर्को ताल भरिँदै जान्छ । पानी एक ठाउँबाट अर्को ठाउँमा पुग्ने प्रक्रिया भने सँधै उस्तै देखिँदैन । यसको अनुसन्धान नर्वेको युनिभर्सिटी सेन्टर इन स्भाल्बर्डका डोग बेनले गरेका छन् । गोजुम्पाभित्र पानीको बहाबले बनेका ठूला गुफा जस्ता कुलोहरूमा पुग्ने गर्छन् । हिउँका पाइपजस्ता अचम्मका गुफाहरू देखिन्छन् । 'विश्व तापमानका कारण यो क्षेत्रका हिमनदी पग्लिरहेको व्यापक पहिचान भएको छ, तर त्यसले भित्रभित्रैबाट पनि सिध्याइरहेको छ भन्ने आत्मसात गरिएको छैन,' उनी भन्छन् ।
'यी हिमनदी स्विस, चीजजस्तै भइरहेको छ, सतहमा देखिनेभन्दा पनि तीव्र रूपमा हिउँ पग्लिरहेको छ,' उनले भने । हिउँ पग्लिने मौसम र पानी बग्न रोकिने बेला उनी हिउँभित्र बनेका गुफाजस्तो कुलोमा पुगेका थिए । वर्षामा यी ओडारमा जान निकै जोखिम हुने गरेको उनको अनुभव छ ।
हिउँ नदी बनेका ताल र तलाउले ती कुलाहरूले नियन्त्रण गरेका हुन्छन् । यी कुलाहरू पहिल्यै बनेका 'टेम्प्लेट' जस्तै छन्, जसले पानी यताउता जान सजिलो बनाइदिएको छ । 'हिमनदीहरू पग्लिने र ओडार माथिबाट हिउँहरू खस्छन्,' बेन भन्छन्, 'कुँडाकर्कटका हिउँहरू पनि पग्लिदै छन् र हिमनदीभित्रका ओडारहरूले पनि गोजुम्पाभित्र हिउँ धेरै पग्लिएको छ ।
उनका एक विद्यार्थीमध्ये सराह थम्पसनले हिउँ कसरी पग्लिरहेको छ भन्ने अध्ययन गरिरहेकी छन्, जसका कारण तल तलाउ बढ्दै गएको छ । हिमनदी शताब्दीऔंअघि हिउँ जमेर बनेको चट्टानहरूले घेरिएको छ । यो अर्थमा हिमनदी स्थिर छ, चलायमान
छैन । तर पग्लिएका हिउँले भने पानीको मात्रा बढाएको छ ।
'१० वर्षको छोटो अवधिमै यो क्षेत्रका तालहरू बढिरहेको छ,' थम्पसनले हिम तालको आकारबारे भनिन्, 'अन्य तालहरू पनि उस्तै छन्, उसैगरी बढ्दैछन् ।' स्वानसी विश्वविद्यालयकी थम्पसन भन्छिन्, 'तालहरू बढ्ने क्रम हिउँ पग्लिने क्रमभन्दा पनि बढी छ ।' हिउँ पग्लिन थालेको बेलाको अवस्था बुझ्न आवश्यक भएको र यसले भविष्यवाणी गर्न सकिने उनको भनाइ छ । 'ठूलो खतराअघि नै नियन्त्रण गर्नुपर्छ,' थम्पसन भन्छिन् ।
यो क्षेत्रको कमजोरी पहिचान गर्न खोजिरहेको पनि उनले सुनाइन् । हिमताल छिट्टै फुट्ने अनुमान भने गरिएको छैन । दुई दशकपछि वा ६ किलोमिटर लम्बाइ पुगेपछि यस्तो हुन सक्छ । ताल व्यवस्थित गर्न यो क्षेत्रमा काम गर्न र ठूला उपकरणहरू ल्याउने दीर्घकालीन रणनीति आवश्यक देखिएको छ ।

प्रकाशित : पुस १२, २०६८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?