१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सुरक्षा पन्त

पन्त नेपालकी फिल्म अभिनेत्री हुन् ।

सुरक्षा पन्तका लेखहरु :

कलासँगै व्यापारको उडान

मैले अभिनय गरेको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ का लागि कान्स रेड कार्पेटमा उभिँदै गर्दा नेपाल धेरै सानो महसुस भएको थियो । तर, जब कार्यक्रममा छिरें र प्रिमियरमा मेरो फिल्म हेरेँ, पर्दामा त नेपाल निकै विशाल लाग्यो । ठूलो भीडले हाम्रा हिमाल हेरिरहेका थिए, नेपालीहरू हेरिरहेका थिए । फिल्ममार्फत नेपाली मन, मानवता देखिइराख्दा आफैंलाई लाग्यो– ओहो नेपाल त विशाल देश पो छ त ! नेपालबारे दुई कुरा महसुस भयो– बाहिर सानो जस्तो, भित्र ठूलो ।