अर्थतन्त्रको हरेक क्षेत्रमा बैंकको भूमिका छ । बैंकले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानको महत्त्व अझ बढी छ । नेपालको बैंकिङ क्षेत्र विस्तार भइरहेको छ र सेवाहरूको दायरा पनि फराकिलो हुँदै गएको छ । स्थानीय तहमा पुर्याएका र डिजिटल प्लेटफर्ममा उपलब्ध गराएका धेरैभन्दा धेरै सेवासुविधाका कारण बैंक धेरैभन्दा धेरै जनतामा पुगिसकेको छ ।