२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र  विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् । 

पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ

पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताए । उनले भने, “गैरराजनीतिक ठाउँअर्थात् धार्मिकस्थलमा आएर राजनीति गर्न कसैलाई छुट छैन, धार्मिक क्षेत्रमा आएर राजनीति नगर्नु होला।”

यसैगरी उनले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुनेसमेत बताए । उनले पछिल्लो समय विकास कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएको भन्ने सुन्नमा आएकाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।

उनले भने, “पाशुपत क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो, यहाँ धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्नुपर्छ ।” पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत, पूर्वीयदर्शन र पूर्वीय संस्कृतिको महत्वपूर्ण केन्द्र रहेकाले यसले विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बाधोन गर्दै मन्त्री तामाङले करोडौँ जनसङ्ख्या भएको हिन्दू धर्मप्रति आस्था राख्ने भारतका हिन्दू धर्मावलम्बीलाई सहजरुपमा भित्र्याउन पाशुपत क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए ।

उनले भने, “हामीले पशुपति क्षेत्रमा रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा अभूतपूर्व योगदान पुर्‍याउने छ, यहाँको विकासका लागि सबैको सहयोग आवश्यक छ ।”

प्रकाशित : वैशाख २८, २०८१ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?