२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने कांग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने कांग्रेसको निर्णय

ती नेताले भने, 'हामीले गृहमन्त्रीलाई बोल्न दिने र बोलिसके पछि छानबिन समिति नबनाए अरु कामकारबाही अगाडि बढाउन नदिने प्रस्ताव बैठकमा पेस गरेका छौं । यही नै पारित हुन्छ ।'

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।

प्रकाशित : वैशाख २८, २०८१ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?