कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

कान्तिपुर संवाददाता

काठमाडौँ — बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ ।

कान्तिपुर जिल्ला संवाददाताहरूका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ । कैलाली जिल्ला संवाददाताका अनुसार धनगढीसम्म भूकम्पको धक्का महसुस भएको छ । त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।

प्रकाशित : आश्विन १६, २०८० १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?