कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नाडामा टाटाका तीन गाडी सार्वजनिक

काठमाडौँ — टाटा मोटर्स प्यासेन्जर भेहिकलले नाडा अटो सोमा तीन वटा गाडीहरु सार्वजनिक गरेको छ । टाटा टियागो ईभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्च सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

नाडामा टाटाका तीन गाडी सार्वजनिक

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यी गाडीहरु बजारमा सार्वजनिक गरेको हो । टियागो ईभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै नेक्सन ईभी एक्स जेड प्लसको सुरुवाती मूल्य २६ लाख ९९ हजार र पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

‘क्रुज कन्ट्रोल सहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरु छन्’ कम्पनीले भनेको छ ‘यो गाडीको इन्टेरियर आरामदायी तथा एक्स्टेरियर आकर्षक रहेको छ ।’

अर्को गाडी नेक्सन ईभी एक्स जेड प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । ‘अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ’ कम्पनीले भनेको छ ‘सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी‍ लक, ट्रयाक्सनजस्ता व्यवस्था छन् ।’ नयाँ सोच र प्रविधिमा आधारित टाटा पन्चले ग्राहकहरुको बदलिादो चाहनालाई पूर्ति गर्ने कम्पनीको भनाइ छ ।


प्रकाशित : भाद्र २६, २०८० १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×