२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सरूवा गर्दा आफूहरूलाई नसोधेको भन्दै त्रिविका रजिष्ट्रारलाई कर्मचारी संघको धम्की

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय कर्मचारी संघका अध्यक्षसहितको समूहले आफूहरूलाई नसोधी कर्मचारी सरूवा गरेको भन्दै  कार्यकक्षमै पुगेर रजिष्ट्रार केदार रिजाललाई धम्क्याएका छन् । 

सरूवा गर्दा आफूहरूलाई नसोधेको भन्दै त्रिविका रजिष्ट्रारलाई कर्मचारी संघको धम्की

कर्मचारी प्रशासन महाशाखाबाट सहप्रशासक भिमबहादुर श्रेष्ठ लाई त्रिवि शिक्षण अस्पतालकाे प्रशासन प्रमुखमा साेमबार सरुवा गरिएपछि संघका अध्यक्ष छत्र कार्कीसहितका समूह मंगलबार रजिष्ट्रारको कार्यकक्षमा पुगेको थियो । त्यहाँ आफूहरुलाई नसोधि किन कर्मचारी सरूवा गरेको भन्दै रिजालसँग जवाफ मागेका छन् । श्रेष्ठलाई सरूवा गरी उनको ठाउँमा सूचना तथा जनसम्पर्क महाशाखाका याेगेन्द्र प्रसाद दाहाल सरुवा गरिएको थियो ।दाहाल पनि सहप्रशासक नै हुन् ।

कार्यकक्षमा पुगेको टोलीको तर्फबाट संघका अध्यक्ष कार्कीले रजिष्ट्रारले गरेको निर्णयमा आफूलाई सोध्ने पूर्ण अधिकार रहेको भन्दै यसलाई हस्तक्षेपको रुपमा लिने हो भने त्रिविमा यस्तो हस्तक्षेप सुरू हुने बताए । 'तपाईंको कर्मचारी होइन म तर त्रिविको अंग भएको नाताले मैले सोधिखोजी गर्न पाउने पूर्ण अधिकार छ' कार्कीले भने,'कर्मचारीले संघका नेताले भेट्दा सोध्दा हस्तक्षेप हुन्छ भने अब हस्तक्षेप हुन्छ ।'

उनले यस्तो भन्दा कार्यकक्षमा पुगेका कर्मचारीहरुले टेबुल ठोक्छन् । उनीहरुले मिनबहादुर श्रेष्ठसहित अन्य कर्मचारीहरू पनि सरूवा गर्न लागेको र सरूवा गर्दा एकपटक किन नसोधेको भनेर रजिष्ट्रारसँग प्रश्न गरेका छन् । ' उनले विश्वविद्यालय बनाउने भनेर आएको व्यक्तिले केही झुण्डहरूको सुझावका आधारमा सरूवा गरेको भन्दै धम्क्याएका छन् ।

रजिस्ट्रार रिजालले आफ्नो क्षेत्राधिकारमा कर्मचारी संघले हस्तक्षेप गरेको बताए । 'विश्वविद्यालय भित्रकाे एक महाशाखाबाट अर्काे महाशाखामा कर्मचारी सरुवा गर्न नपाउने भन्ने हुँदैन' रजिष्ट्रार रिजालले इकान्तिपुरसँग भने,'नियमअनुसार नै कर्मचारीकाे सरुवा बढुवा हुन्छ । कर्मचारी संघका साथीहरुले रजिस्ट्रारकाे क्षेत्राधिकारमा हस्तक्षेप गर्न खाेज्नु भयाे । उपकुलपति, रेक्टर सहितकै सल्लाहमा सरुवाकाे निर्णय भएको हाे । निर्णय लागू हुन्छ ।'

प्रकाशित : वैशाख २५, २०८१ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?