हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौँ — आईपीएल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले आइतबार सनराइजर्स हैदराबादलाई सजिलै ७८ रनले पराजित गरेको छ । जितसँगै ९ खेलबाट १० अंकसहित चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबाद समान १० अंकसहित चौथो स्थानमा छ ।

हैदराबादमाथि चेन्नईको सहज जित

पहिले ब्याटिङ गरेको चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रन बनाए । उनले दस चौका र तीन छक्का प्रहार गरे । चेन्नईले तीन विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

जवाफमा हैदराबाद १८.५ ओभर मात्र टिक्यो र १ सय ३४ रन बनाएर अलआउट भयो । तुशार देसपान्डेले २७ रन खर्चेर चार विकेट लिए र हैदराबादले कुनै पनि समय बलियो चुनौती पेस गर्न सकेन ।

प्रकाशित : वैशाख १७, २०८१ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?