सचिन तेन्दुलकरले गरे पशुपतिनाथको दर्शन [तस्बिरहरु]

नेपाल भ्रमणमा रहेका 'मास्टर ब्लास्टर' सचिन तेन्दुलकरले आइतबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् । उनी पशुपतिनाथको दर्शनका लागि पुग्दा उनलाई पशुपति क्षेत्र विकास कोषका प्रदीपकुमार ढकालले स्वागत गरेका थिए । उनले मन्दीरमा आधा घण्टा विशेष पुजा गरेका थिए ।

तेन्दुलकर नेपालमा

हिजोको दिन (नोभेम्बर १५) नै हो । ठीक ३० वर्षअगाडि सचिन तेन्दुलकरले टिनएजरका रूपमा अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पाइला टेकेका थिए । पाकिस्तानसँगको टेस्ट क्रिकेटमा कराँचीको नेसनल स्टेडियममा उनीसँगै ‘डेब्यु’ गर्नेमा घरेलु टोलीका तीव्र गतिका बलर वकार युनिस पनि थिए ।