सडक दुर्घटना

६ बुँदे सहमति गर्दै आन्दोलन टुंगियो

६ बुँदे मागसहित कोहलपुरमा जारी आन्दोलन टुंगिएको भएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सरकार समक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको हो ।

सडकमै छुटे जुत्ता

कक्षा ७ की छात्रा हुन् प्रकृति चन्द । बाँकेकी यी ११ वर्षेको स्कुल (त्रिभुवन नमुना मावि) कोहलपुर चोक नजिक राजमार्ग छेवैमा छ । आइतबार पनि उनी सधैंझैं स्कुल पुग्ने तर्खरमा थिइन् । उनलाई स्कुटरमा पुर्‍याउन आएका थिए बुबा नगेन्द्रबहादुर ।

ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त [भिडियोसहित]

ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान करिब १० बजे ठक्कर दिँदा विद्यार्थी सख्त घाइते भएका थिए । उनको अहिले उपचार भइरहेको छ ।

कोहलपुर–६ को उपनिर्वाचनमा नेकपाका थारु निर्वाचित

कोहलपुर नगरपालिका–६ को वडाअध्यक्ष पदमा नेकपाका रामशरण थारु विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा उनले ८ सय मत पाएर विजयी भएका हुन् । वडामा कुल मतदाता २ हजार २६ मध्ये ३ सय ९२ मत खसेको थिएन । कुल मतको ८० प्रतिशत मत खसेको थियो । यसमा १४ मत बदर भएको थियो । 

पीडितमैत्री छैन राज्य

राष्ट्रसंघको तथ्यांकले भन्छ– संसारमा मानव मृत्युको आठौं ठूलो कारण हो सडक दुर्घटना । प्रत्येक वर्ष १० लाख ३५ हजारले सडक दुर्घटनामा ज्यान गुमाउने गरेकामा सबैभन्दा बढी ५ देखि २९ वर्ष उमेर समूहका छन् ।

‘दुर्घटना होइन, धराप’

मुलुकमा पछिल्लो १० वर्षमा भएका दुर्घटनामा २० हजार १ सय २७ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा भएका १ लाख ७ सय सवारी दुर्घटनामा १ लाख २४ हजार १ सय ८१ जना घाइते भएका छन् । यसमध्ये गम्भीर घाइते हुनेको संख्या नै ४१ हजार ३ सय ५७ छ । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही भएको प्रहरीले जनाएको छ । 

बस्ती रित्याउने त्यो दुर्घटना

अनुहार मलिन छ । हरपल रसाएझैं देखिन्छन् आँखा । ६१ वर्षीया दीपा अधिकारी रिजाललाई १४ वर्षअघिको दुःखान्तले आज पनि झस्काइरहन्छ । उनी चाहन्छिन्, त्यो घटना दिमागबाट मेटिएर जाओस् । तर अहँ, त्यो त आज पनि उत्तिकै ताजा छ ! उत्तिकै पीडादायी ।