डा. केसी

डा. केसीले अनशन तोडे

९ दिनदेखि डडेलधुरामा अनशरत डा. गोविन्द केसीले अनशन तोडेका छन् । पछिल्लो समय देशमा उत्पन्न परिस्थितिका कारण केही दिनका लागि अनशन स्थगित गरेको उनले बताएका छन् ।

डा. केसीका जायज माग सम्बोधन गर : कांग्रेस

९ दिनदेखि अनशरत डा. गोविन्द केसीको जायज माग सम्बोधन गर्न प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

सरकारले पठाएको फिजिसियनबाट डा‍. केसीले उपचार गराउन मानेनन्, डडेलधुरा अस्पतालका मेसु भन्छन्- 'तत्काल सुविधासम्पन्न अस्पतालमा लानुपर्छ'

१७ औं अनसनको नवौं दिनमा डा. गोविन्द केसीले थप उपचार गर्न अस्वीकार गरेका छन् । स्वास्थ्य मन्त्रालयले डा. केसीको उपचारका लागि पठाएको चिकित्सबाट थप उपचार नगर्ने भन्दै उनले विरोध गरेका छन् । 

डा.केसीलाई जबर्जस्ती काठमाडौं लैजान खोजेपछि डडेलधुरामा तनाव

आठौं दिनदेखि अनशनरत डा.गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको भन्दै उनलाई जबर्जस्ती हेलिकप्टरमा काठमाडौं लैजान खोजिएपछि डडेलधुरा तनावग्रस्त बनेको छ ।

भक्कानिइरहन्छन् डा. केसी

दुर्गम अजयमेरुबाट भेट्न आएका जयबहादुर ऐर र डोटीको बान्डुग्री सैनका हिक्मत बलायर शुक्रबार दिउँसो डा. गोविन्द केसी अनशन बसेको कोठाबाट आँसु पुछ्दै निस्किए । त्यतिबेला गेटमा पहरा दिइरहेका दुई प्रहरी, कोठामा ब्लड प्रेसर जाँच्न आएकी स्वास्थ्यकर्मी र डडेलधुराकै ईश्वरीप्रसाद भाटका पनि आँखा रसाएका थिए ।