राष्ट्रपति हमिद काठमाडौंमा

बंगलादेशका राष्ट्रपति हमिद पोखरामा, केही समय फेवातालमा डुंगा सयर

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा पुगेकाछन् । राष्ट्रपति हमिद आज बिहान ११:४५ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा झरेका थिए । 

बंगलादेशबाट अधिकतम लाभ लिनुस् : राष्ट्रपति हमिद

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाललाई बंगलादेशबाट अधिकतम लाभ लिन आग्रह गरेका छन् ।

बंगलादेशका राष्ट्रपति हमिदलाई 'गार्ड अफ अनर' [तस्बिरहरु]

नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । राष्ट्रपति हामिदलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौं आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट दिउँसो राष्ट्रपति हमिद नेपाल आएका हुन् । 

बंगलादेशी राष्ट्रपति हमिदको ४ दिने व्यस्तता, ‘आउनासाथ भक्तपुर दरबार स्क्वायर’

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार दिउँसो काठमाडौं उत्रनासाथै भक्तपुर दरबार क्षेत्रको भ्रमणमा निस्कनेछन् । विमान बंगलादेशको विशेष उडानबाट मंगलबार दिउँसो १२:४५ मा काठमाडौं उत्रने राष्ट्रपति हमिदको विमानस्थलमा हुने गार्ड अफ अनरमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जाने भएकी छिन् ।

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद यही महिनाको अन्त्यमा नेपाल आउने भएका छन् । बंगलादेश र नेपालले औपचारिक जानकारी नदिए पनि बंगलादेशका विदेश सचिव साहिदुल हगले कात्तिक ९ मा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति हमिदको भ्रमणबारे बताएका हुन् । 
ADVERTISEMENT