आलम

त्रिदेशीय मार्गको सपना पूरा हुँदै, सेनाको काम हस्तान्तरण तयारी

दशकअघि कालीगण्डकी करिडोर निर्माणको काम सुरु भयो । त्रिदेशीय मार्गका रूपमा करिडोरले ४ सय १७ किमिमा चीन र भारत जोड्छ । यो सडक विभागमार्फत काम थालिएको राष्ट्रिय गौरवको योजना हो । तर अहिलेसम्म सडकको पाल्पा खण्डमा ट्र्याकसमेत खुलेको छैन । गुल्मी र बागलुङ खण्डको चट्टान फोड्ने काम सरकारले नेपाली सेनालाई दिएपछि ८० किमि सडक तयार भएको छ । यो खण्डमा ट्र्याक र चौडा पार्ने केही खण्ड सेनाले भ्याएर सडक विभागलाई हस्तान्तरणको तयारी गरेको छ । 

राजपुर फरदहवा बमकाण्डका साक्षीलाई प्रहरीको सुरक्षा

राजपुर फरदहवा बमकाण्डका जाहेरीकर्ता, प्रत्यक्षदर्शी, साक्षी र पीडितका लागि रौतहट प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ । जिल्ला अदालतले साक्षीको सुरक्षामा ध्यान दिन आदेश दिएपछि प्रहरीले सतर्कता अपनाएको हो । 

सरकारको टिप्पणी हैन, आफताबबारे कांग्रेस बोलोस् : सञ्चारमन्त्री

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष कांग्रेसलाई सरकारका बारे टिप्पणी गर्न नभई आफताब आलमबारे बोल्न आग्रह गरेका छन् ।बिहीबार नियमित पत्रकार सम्मेलनमा उनले कांग्रेसलाई आलम बारे स्पष्ट धारणा ल्याउन आग्रह गरेका हुन् ।

सांसद आलमबारे कांग्रेसको धारणा– ‘कानुन बमोजिम हुने कुरामा समर्थन रहन्छ’

कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमका बारेमा कानुन बमोजिम सबै प्रक्रियामा नेपाली कांग्रेसले सहयोग गर्ने भएको छ ।

आलमको औकात : प्रहरीसँग नै मान्छे मार्छु भनेपछि...

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने ‘मान्छे मार्ने’ धम्की दिएको खुलेको छ । आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउनेसमेत धम्की दिएका छन् । 

आलमको धम्की

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले पक्राउका क्रममा प्रहरीसँग नै 'मान्छे मार्ने' धम्की दिएको भिडियो कान्तिपुरलाई प्राप्त भएको छ ।

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

जिल्ला अदालत रौटहटले बम विस्फोट र घाईतेहरुको सामूहिक हत्या गरेको आरोप लागेका कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश दिपक ढकालको इजलासले उक्त मुद्दाका साक्षीहरुको संरक्षणमा विशेष ध्यान दिन प्रहरीका नाममा आदेश जारी गरेको छ ।

शान्ति सुरक्षाको माग गर्दै राजपुर घटनाका घाइते अदालतमा 

बम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथि थुनछेक बहस चलिरहेका बेला उक्त विस्फोटमा परी गम्भीर घाइते भारतीय नागरिक गौरीशंकर रामले आफू असुरक्षित भएको भन्दै बिहीबार अदालतमा निवेदन दिएका छन् । 

आलमको सम्पत्ति छानबिन हुने

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ । 

रौतहट बम विस्फोट : आलमको बयान अझै सकिएन

साबिक राजपुर फरदहवा गाविस-४ स्थित पूर्व मन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यानसहित तीनवटा कसुरमा  पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको बयान बुधबार पनि सकिएन । अदालतले उनीसँग तीन दिनदेखि लगातार बयान लिइरहेको छ ।

अदालतमा अहिले आलमसँग बयान लिइँदै   

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते साँझ रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्या योजनाकार रहेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बयानका लागी दोश्रो दिन बुधबार अदालतमा उपस्थित गराइएको छ । 

आलमको बयान सकिएन, भोलि पनि हुने 

१२ वर्षअघि रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसँगतको बयान मंगलबार सकिएन । आलमसँग बुधबार पुनः बयान लिइने अदालतले जनाएको छ ।

आलमको बयान सुरु

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमसित जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । 

फोटोकपीले आलमको बयान केही समय रोकियो 

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसँग जिल्ला अदालतले बयान लिन सुरु गरे लगत्तै केहीसमयका लागि रोकिएको छ । 

आलम पक्राउ प्रकरण : अनुसन्धान गर्न थप ८ दिनको म्याद 

जिल्लाको राजपुरमा भएको बम बिस्फोटको घटनामा घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत गौरले थप अनुसन्धानको लागि शुक्रबार ८ दिनको म्याद थपेको छ । उनलाई म्याद थपेको यो तेस्रो पटक हो । 

आलम, अपराध र राजनीति

रौतहट क्षेत्र–२ बाट निर्वाचित सांसद मोहम्मद आफताव आलम गए हप्ता गिरफ्तार हुनपुगे  । २०६४ सालको संविधानसभा निर्वाचनमा हार्ने डरले बुथ कब्जा गरेर, ठाउँ–ठाउँमा बम बनाएर पड्काउने योजनासाथ बम बनाउन लगाउँदा बम पड्केर घाइते भएका २३ जनालाई पोल खोेल्छन् कि ? भन्ने शंकामा उपचार गर्नुको सट्टा जिउदै इँट्टाभट्टाको आगोमा डढाएको आरोपमा आलम पक्राउ परेका हुन्  ।

२० वर्षअघिको त्यो घटना : ज्युँदै मान्छे झुन्ड्याउँथे आलम

२०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलम त्यसभन्दा अघि पनि अपहरण, शरीर बन्धक तथा कुटपिटको घटनामा संलग्न रहेको पुष्टि भएको छ ।

आलम पक्राउ प्रकरण : उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरू जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहम्मद अफताब आलममाथि १२ वर्षअघि प्रहरीले नै सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने मागदाबी गरेको खुलासा भएको छ । 

आलम पक्राउ प्रकरण : ‘चुनावमा हिँडेको छोरो फर्केन’

भारतको सीतामाढीमा उच्च शिक्षा लिइरहेका २२ वर्षीय छोरा त्रिलोकप्रताप सिंह बिदामा घर आएका थिए । चुनाव थियो । उम्मेदवारका सहयोगी समूहले उनलाई हतारहतार बोलाएर लगेपछि पुन: घर फिर्न पाएनन् ।

कांग्रेस नेता आलम पक्राउ प्रकरण : ‘जिउँदै जलाइयो, राजनीतिको आडमा ढाकछोप’

पहिलोपटक हुन लागेको सविधानसभाको गाउँगाउँमा चुनावी माहोल थियो । २०६४ चैत २८ मा मतदान थियो । त्यसको अघिल्लो दिन यमुनामाई–४ सरुअठा गाउँका २४ वर्षीय ओसी अख्तर श्रीमती आमना खातुनसित घरायसी कुरा गर्दै थिए । खातुनले झैझगडामा पर्न सकिने भयले प्रचारप्रसारमा कतै नजान अख्तरलाई सम्झाउँदै थिइन् ।

कांग्रेस कार्यकर्ताले सांसद आलम पक्राउको विरोधमा सडकमा टायर बाले

सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्लाभरि सुरक्षाव्यवस्था कडा बनाइएको छ ।

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ

नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई शेख इद्रिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ ।