महरा

महराले गल्ती गरेकै हुन् : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन् । प्रेस संगठनले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा व्यक्त गरे ।

महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश

जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासका अभियुक्त निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिएको हो । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले आइतबारदेखि सुरु भएको थुनछेक बहसपछि सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

महराविरुद्ध थुनछेक बहस सुरु

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आइतबारबाट जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ । थुनछेक आदेशले मुद्दाको किनारा नलागुन्जेल आरोपितलाई थुनामा राख्ने, धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने विकल्पमध्ये एउटा आदेश दिनेछ । जाहेरीदेखि बयान र प्रमाणको विश्लेषण गरी इजलासले आदेश दिनेछ ।

महराको बयान सकियो, आइतबारदेखि थुनछेक बहस, त्यसपछि के होला आदेश?

निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष आफूमाथिको अभियोग अस्वीकार गरेका छन् । जिल्ला अदालत काठमाडौंमा बयान क्रममा उनले आफू नयाँ बानेश्वर २६ (परिवर्तित नाम) को कोठामा नगएको र उनीमाथि बलात्कारको प्रयास नगरेको दाबी गरेका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि महराको बयान स्थगित

जिल्ला अदालत काठमाडौंले बलात्कारको प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप एक साता थुनामा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको छ । महरालाई थुनामा राखेर अनुसन्धान गर्ने म्याद शुक्रबार सकिँदै थियो ।

महराको बहिर्गमनसँगै सभामुखका लागि नेकपाभित्रै तानातान

कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारूढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरू परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ । 
ADVERTISEMENT

स्वास्थ्यमा समस्या देखिएपछि महराको बयान स्थगित

बलात्कारको प्रयासको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखाएपछि उनको बयान लिन काम अवरुद्ध भएको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिनुअघि उनीसँग कुराकानी गरेको थियो । त्यसलगत्तै महराले छाती दुखेको बताएपछि विहीवारदेखि उनी नर्भिक अस्पतालमा उपचारका क्रममा छन् ।

महराको राति नै शिक्षण अस्पतालमा नियमित र फोरेन्सिक हिसाबमा स्वास्थ्य परिक्षण

सभामुख निवास बालुवाटारबाट पक्राउ गरिएका कृष्णबहादुर महराको आइतबार राति नै शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गराएको हो ।