सांसद मोहम्मद अफताब आलम

रौतहटमै बस्न चाहन्थे आलम

आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ ।प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ ।आलम (झर्किंदै):म अन्त जान्नँ ।

‘आलमलाई जिल्ला प्रहरीकै टोलीले पक्राउ गरेको हो’

राजपुर फरदहवा बमकाण्डको मुद्दा अदालतमा थुनछेक बहस चलिरहेको अवस्थामा केही अनलाइन र न्यूज पोर्टलले अत्यन्त भ्रामक तथ्यहीन, कपोकल्पित समाचार सम्प्रेषण गरी विचाराधीन मुद्दालाई प्रभावमा पर्ने मनसाय राखेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले विज्ञप्ति निकाली खण्डन गरेको छ ।

आलमको सम्पत्ति छानबिन हुने

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको सम्पत्ति छानबिन हुने भएको छ । 

आलमविरुद्ध थुनछेक बहस सुरु

राजपुरफरदहवास्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यान सहित तीनवटा कसुरमा  पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमको थुनछेक बहस सुरु भएको छ । 

आलमको बयान सुरु

कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन भण्डारणको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमसित जिल्ला अदालतले बयान लिन सुरु गरेको छ । 

रौतहट विस्फोट प्रकरण : अनुसन्धान टुंग्याइँदै 

बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रूप दिने तयारी गरेको छ । घटनासित जोडिएका धेरै पात्र फेला पारेको प्रहरीले जनाएको छ । 
ADVERTISEMENT

२० वर्षअघिको त्यो घटना : ज्युँदै मान्छे झुन्ड्याउँथे आलम

२०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलम त्यसभन्दा अघि पनि अपहरण, शरीर बन्धक तथा कुटपिटको घटनामा संलग्न रहेको पुष्टि भएको छ ।

आलम पक्राउ प्रकरण : उतिबेलै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरू जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहम्मद अफताब आलममाथि १२ वर्षअघि प्रहरीले नै सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने मागदाबी गरेको खुलासा भएको छ । 

रौतहटमा बम विस्फोटको १८ दिनपछि मात्रै मुचुल्का उठाएको खुलासा

रौतहटमा १२ वर्षअघि बम विस्फोटमा परी घाइते भएकालाई इँटाभट्टामा हालेर मारिएको घटनामा प्रहरीले १८ दिनपछि मात्रै मुचुल्का उठाएको पाइएको छ । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको संलग्नता रहेको भनिएको २०६४ चैत २७ गतेको उक्त घटनामा प्रहरीले राजनीतिक दबाबमा परेर मुचुल्का ढिला गरी उठाएको खुलेको हो । 

महान्यायाधिवक्ता कार्यालयमै अड्काइयो अनुसन्धान

सर्वोच्च अदालतले आफ्नो आदेश कार्यान्वयन नभए ‘अवहेलनाको निवेदनबाट कारबाही गर्ने चेतावनी’ दिएपछि मात्रै रौतहट प्रहरीले सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरी अनुसन्धान थालेको खुलेको छ । 

आलमलाई थप ५ दिन थुनामा राख्न म्याद थप

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेलाई ईट्टा भट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थपेको छ ।

देउवाले फेरे बोली- ‘आलमको मुद्दामा अनुसन्धान गर्न सघाउँछौं’

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मुद्दामा निष्पक्ष अनुसन्धान गर्न पार्टीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको बचाउमा उत्रिएका देउवा भोलिपल्टै विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका हुन् । 

आलमको सेवासुविधामा रोक

संसद सचिवालयले एक सूचना प्रकाशित गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद आफताब आलमको सेवा सुविधा रोक्का गरिएको जानकारी गराएको छ ।

जिल्ला अदालतद्वारा सांसद आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप

रौतहटको राजपुर बम बिस्फोट घटनाको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहमद अफताब आलमलाई जिल्ला अदालत रौतहटले अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिदिएको छ । जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले सांसद आलमलाई ७ दिनको म्याद थपको आदेश गरेका हुन् ।

कांग्रेस नेता आलम पक्राउ प्रकरण : ‘जिउँदै जलाइयो, राजनीतिको आडमा ढाकछोप’

पहिलोपटक हुन लागेको सविधानसभाको गाउँगाउँमा चुनावी माहोल थियो । २०६४ चैत २८ मा मतदान थियो । त्यसको अघिल्लो दिन यमुनामाई–४ सरुअठा गाउँका २४ वर्षीय ओसी अख्तर श्रीमती आमना खातुनसित घरायसी कुरा गर्दै थिए । खातुनले झैझगडामा पर्न सकिने भयले प्रचारप्रसारमा कतै नजान अख्तरलाई सम्झाउँदै थिइन् ।

सांसद पक्राउको विरोधमा चन्द्रनिगाहपुरमा जुलुस

सांसद मोहम्मद आफताव आलमलाई रिहाईको माग गर्दै कांग्रेसले सोमबार चन्द्रनिगाहपुरमा जुलुस निकालेको छ । जुलुसमा चन्द्रपुर र बृन्दावनका मेयर समेत सहभागी थिए । 

हत्या आरोपी सांसद आलमको सेवासुविधा रोक्का*

हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको सेवासुविधा रोकिएको छ । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलमको सेवासुविधा रोक लगाइएको जानकारी दिएको हो ।

कांग्रेस कार्यकर्ताले सांसद आलम पक्राउको विरोधमा सडकमा टायर बाले

सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि विभिन्न स्थानमा टायर बालेर विरोध गरिरहेका छन् । उनीहरुले केही स्थानमा बाटो अवरुद्धको प्रयास समेत गरेका छन् । सुरक्षाकर्मी पुग्नासाथ आन्दोलनकारी भाग्थे । प्रहरी र उनीहरुबबीच बिहानदेखि लुकामारी जस्तै भएको छ । अहिले जिल्लाभरि सुरक्षाव्यवस्था कडा बनाइएको छ ।

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ

नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका सांसद मोहम्मद अफताब आलमलाई शेख इद्रिस गेटबाट जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको छ ।