दसैं बेला

५९ हजारले लिए अग्रिम टिकट

काठमाडौंबाट बाहिर जान बिहीबारसम्म करिब ५९ हजार यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ  । चाडपर्वलाई लक्षित गरेर महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुरक्षा योजना सञ्चालन गरेको छ  ।

दसैंका यात्रुको गुनासो-‘अहिले टिकट छैन, सबै बुक भइसक्यो मात्र भन्छन्’

दसैं नजिकिँदै जाँदा यात्रुले टिकट नपाएको गुनासो गरेका छन् । दसैंकै मुखमा घर जाने तयारीमा रहेका यात्रु टिकट नपाउँदा निराश छन् । पूर्व, पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिम सबैतिरका यात्रुले टिकट काट्न जाँदा बुक भइसकेको सूचना पाउने गरेको बताए ।

‘तीन दिनमा २ लाख टिकट बुकिङ’

दसैंका लागि बुकिङ खुला भएको तीन दिनमा २ लाख टिकट बुकिङ भएको छ । उपत्यकाका विभिन्न स्थानमा रहेका काउन्टरमा टिकट लिन यात्रु जम्मा हुने गरेका छन् । सबैभन्दा बढी बुकिङ गोंगबुस्थित नयाँ बसपार्कबाट भएको छ । पहिलो दिन आइतबार सबैभन्दा बढी यात्रुको भीड यही काउन्टरमा लागेको थियो ।

दुई दिनमा २० हजारले लिए अग्रिम टिकट

दसैं, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् ।

टिकट लिन बसपार्कको बास

आइतबारबाट टिकट बुकिङ खुल्ने निर्णय भए पनि अघिल्लो दिन रातिबाटै काउन्टरमा यात्रुको भीड लागेको थियो । केही यात्रु टिकटकै लागि बसेका छन् । टिकट नपाइने डरले यात्रु रातिदेखि नै नयाँ बसपार्कमा टिकट काट्न लाइनमा थिए । बसपार्कमा लाइन थियो ।

दसैंमा घर जाने टिकट लिन नयाँ बसपार्कमा ठेलमठेल भीड

दसैंका लागि आज आइतबारबाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो । अघिपछि पनि शंका लागेको गाडीको कन्डिसन चेकजाँच गरेर मात्र गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

दसैंको टिकट बुकिङ खुला, अनलाइनबाट पनि बुक गर्ने व्यवस्था

दसैंका लागि आज (आइतबार) बाट टिकट बुकिङ खुला गरिएको छ । बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच गरिएको छ । अघिपछि पनि शंका लागेको गाडीको कन्डिसन चेकजाँच गरेर मात्र गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

असोज ५ गतेदेखि दसैंका लागि टिकट बुकिङ खुला

यातायात व्यवस्था विभागले दसैंका लागि असोज ५ गतेबाट टिकट बुकिङ खुल्ला निर्णय गरेको छ । सबैसँगको छलफल पश्चात बिहीबार टिकट खुल्ला गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।