बैंक ह्याक

बैंक ह्याकसम्बन्धी अनुसन्धान सुरु

ह्याकर समूहले लहानस्थित कृषि विकास बैंक शाखाको पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरेको देखिएपछि  प्राविधिक विशेषज्ञ टोलीले मंगलबार रातिदेखि लहानस्थित कार्यालयबाट अनुसन्धान सुरु गरेको छ ।

कृषि विकास बैंक ह्याक काण्ड : ५ अर्ब बढी ह्याक गर्ने योजना, प्रारम्भिक रुपमा करिब ४ करोड ७४ लाख रुपैयाँ निकालिएकाे पुष्टि

बैंक तथा वित्तिय संस्थाको प्रविधि दुरुपयोग गरी ५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन १२ जनालाई महानगरिय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ ।

अवैध रुपमा कृषि विकास बैंकबाट ३ करोड बढी रकम निकाल्ने ९ जना पक्राउ

कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बैंकिङ कसुर अभियोगमा बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जना सीआईबीको हिरासतमा

बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंक अफ काठमाडौंका पूर्व सीईओसहित ११ जनालाई नियन्त्रणमा लिएको छ । किर्ते कागज बनाएर साढे चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

एटीएम ह्याक गरेर चोरी : चिनियाँ गिरोहका थप एक सदस्य विमानस्थलबाट पक्राउ, ३ नेपाली पनि ठमेलबाट पक्राउ

एटीएम प्रणाली नै ह्याक गरेर काठमाडौंका ९ विभिन्न बैंकका अवैध भिसा कार्डमार्फत सवा करोडभन्दा धेरै रकम चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप एकजना र ठमेल क्षेत्रबाट ३ जना नेपाली पक्राउ गरेको बताएको छ ।

६ वटा सरकारी वेबसाइट ह्याक

सरकारी डोमेनमा दर्ता ६ वटा वेबसाइट ह्याक भएको छ । आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिएको छ । दिउँसो सवा २ बजे पोष्ट गरिएको जानकारी अनुसार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएको खुलाइएको छ ।