१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

फूलमा मौरी डुल्ने बेलामा...[तस्बिरहरु]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — काठमाडौंका सडक वरपर यतिबेला सेता, गुलाबी र रातो रङका फूलले रंगीचंगी देखिएका छन् । सडकका दायाँबायाँ रोपिएका आरु प्रजातिका बोटमा फूल फुल्न थालेसँगै काठमाडौं सहरलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ । नेपालमा १५ किसिमका आरु प्रजाति (प्रुनस) पाइन्छन् । केही फल र केही बोट सजावटका लागि प्रयोग गर्ने गरिएको छ ।

उपत्यकाका सडकहरूमा प्रुनस प्रसिका, प्रुनस सेरासोइड (पैयुँ), प्रुनस सेर्सीफेराका विभिन्न उपप्रजाति रोपिएका छन् । यी प्रजातिहरु व्यवसायिक रूपमा उत्पादित छन् । वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । शिशिर र ग्रीष्म ऋतुको बीचमा आउने वसन्त ऋतुको आगमनसँगै जताततै हरियालीका र फूलहरु फुलेका देखिन्छन् । न त धेरै गर्मी न त धेरै जाडो हुने वसन्त ऋतुलाई प्रकृतिले काँचुली फेरेको ऋतुको रुपमा लिइन्छ । उजाड प्रकृतिलाई यो ऋतुले फक्राइदिन्छ ।

राजधानीको भृकुटीमण्डम, नक्साललगायतका विभिन्‍न ठाउँमा चेरीका फूल फुलेका छन् । फूल फुलेका ठाउँमा मानिसहरु तस्बिर खिच्न, टिकटक बनाउन झुम्मिरहेका देखिन्थे ।


प्रकाशित : फाल्गुन १७, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्