२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

न्यु इअर इभमा भारतदेखि

काठमाडौ — नेपालमा जत्तिको माया मलाई सायदै भारतको कुनै ठाउँमा गर्लान्' नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानीको सोल्टी होटलमा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपाल आएकी गायिका दीपालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनिन् ।

'नेपालमा जत्तिको माया मलाई सायदै भारतको कुनै ठाउँमा गर्लान्' नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानीको सोल्टी होटलमा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपाल आएकी गायिका दीपालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, 'पहिलो पटक आउँदै मेरा लागि भुइँमा खुट्टा राख्ने ठाउँ थिएन, त्यतिका दर्शक/श्रोताले साथ दिनुभएको थियो ।' तेस्रो इन्डियन आइडलकी फाइनलिस्ट दीपालीले उक्त रियालिटी शोलगत्तै सबैभन्दा पहिले नेपालमै आएर नयाँ वर्ष मनाएको सम्झना गरिन् ।
'धेरै धेरै धन्यवाद नेपाल' यति वाक्य नेपालीमै बोलेकी २२ वषर्ीया दीपालीले आफू पुनः नेपालका दर्शक/श्रोतालाई 'रकिङ मुड' दिन फेरि आउन पाउँदा खुसी लागेको र त्यसका लागि आयोजकलाई धन्यवाद पनि दिइन् । अंग्रेजी क्यालेन्डरअनुसारको नयाँ वर्षको पूर्वसन्ध्याको सांगीतिक कार्यक्रमका निम्तालुलाई झुमाउन सोल्टी होटलले दीपालीसँगै इन्डियन आइडल-३ कै अर्का फाइनलिस्ट अभिषेक र पप गायिका नीति मुहानलाई जिम्मा सुम्पेको छ ।
'मलाई बोलाएर गल्ती गर्नुभएको छ,' पत्रकार सम्मेलनमै ठट्यौली शैलीमा प्रस्तुत भएका अभिषेकले भने, 'अब मैले छोड्ने छैन, कार्यक्रम धुमधडाका हुनेछ ।' उनले उक्त सम्मेलनमै दीपालीसँग एक गीत पनि गाएर सुनाउँदै भने, 'भोलिसम्मका लागि मन थामेर बस्नुहोला ।' कार्यक्रम सञ्चालकले आस्मा ब्यान्डकी गायिका नीतिलाई पनि गाइदिन आग्रह गरे पनि उनले सोही दिन नै सबैलाई नचाउने बताइन् । उनी भारतीय संगीतकार एआर रहमानको वल्र्ड कन्टर्स टुरकी मुख्य गायिका पनि हुन् । उनीहरूको सांगीतिक प्रस्तुति हेर्न र सुन्न भने आठ हजार रुपैयाँ लाग्नेछ ।


प्रकाशित : पुस १६, २०६८ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?