दोस्रो जनआन्दोलनको भावभूमि तयार पार्न नागरिक समाजका तर्फबाट अग्रणी भूमिका खेल्नेमध्येका एक देवेन्द्रराज पाण्डेले मंगलबार एउटा ट्वीट गरे, ‘बालुवाटारतर्फ शान्तिपूर्वक अघि बढिरहेको नागरिक जुलुसमाथि ओलीसत्ताको तर्फबाट प्रहरीले बर्साएको बर्बरता हेर्दा साह्रै दुःख लाग्यो । यो स्तरको बलप्रयोग २०६२ साउन १० मा समेत भोगिएको थिएन ।’
राणाकालीन नेपालमा, १९९०/९१ सालतिरदेखि नै देशमा प्रजातन्त्र र जनअधिकारका लागि आवाज उठाउने, नेपालको पहिलो राजनीतिक पार्टी खोल्ने सोच लिएर हिँडेका पाँच–छ युवा युग परिवर्तनको कल्पना गरेर संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र स्थापनाका लागि आन्दोलनमा होमिन तयार भएका थिए ।
जुन राज्यले पुर्खौंदेखि जीविकोपार्जन गर्दै आएको भूमि विकासका नाममा सेना लगाएर बलजफ्ती खोस्यो, जुन राज्यले जनताको सुरक्षार्थ खटाउनुपर्ने प्रहरीलाई आफ्नै जमिन जोत्दा निर्मम लाठी प्रहार गर्न लगायो, त्यसकै प्रतिनिधि प्रहरीलाई समयबजी र पानी खुवाउँदै थिए खोकनाका किसानहरू !