२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मेघेन्द्र विश्वकर्मा

मेघेन्द्र विश्वकर्माका लेखहरु :

स्वतन्त्र दलित सामाजिक आन्दोलनको आवश्यकता

दक्षिण एसियाली समाजको मूल चरित्र बोकेको हिन्दुधर्मीय अवैज्ञानिक वर्ण व्यवस्थामा आधारित विभेदकारी, क्रूर र अमानवीय जात प्रथाले शताब्दियौंदेखि निरन्तर अनियन्त्रित शक्तिको अभ्यास गर्दै आइरहेको छ । वनमाराझैं फैलिएको विषरूपी जात प्रथाले करोडौं मानिसको जीवन अपमानित र घृणित मात्रै नभई तहसनहस बनाइदिएको छ ।

दलित अधिकार कार्यान्वयनमा संकट

हिन्दुधर्मीय राज्यसत्ताले वर्णाश्रम व्यवस्थामा आधारित जातप्रथाका नाममा सदियौंदेखि दलित समुदायमाथि थोपरेको जातीय विभेद र असमानताविरुद्ध दशकौंदेखि दलित संघर्षहरू हुँदै आए । २०६२–६३ सालको तेस्रो जनआन्दोलनको सफलतापछि जारी अन्तरिम संविधान–२०६३ मा दलित समुदायले दशकौंदेखि उठाउँदै आएका विशिष्ट मागहरू समेटिए ।